आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

दिनेश पौडेलको निर्देशनमा बनेको चलचित्र ‘रे’ को हाल छायांकन भइरहेको छ ।अहिले अत्याधिक चलचित्रहरुको छायांकन भइरहेको रमणीय स्थल चोभारमा सुन्दै अच्चम लाग्ने चलचित्र 'रे' को एक एक्सन सिनको छायांकन भइरहेको छ ।

आउँने तीजमा सार्वजनिक प्रर्दशनमा आउँने चलचित्रमा दिवस धिताल, सुनिल थापा, सुजता थापा, क्रान्ति बराइली लिड रोलमा रहेका छन् । अब केही दिनमै चलचित्रको सम्पूर्ण छायांकन सकिने निर्माता राजेन्द्र त्रिपाठीले बताएका छन् । दोय कुमार श्रेष्ठ र शंकर महर्जनको द्वन्द्व निर्देशन रहेको चलचित्र करिब सवा करोडमा निर्माण सम्पन्न हुने राजेन्द्र त्रिपाठीको आँकलन रहेको छ ।

'सगुन फिल्म्स'को ब्यानरमा निर्माण गरेको यस चलचित्रमा रक्षा गुरागाइँ, पुर्णिमा लामा,अभि जोशी लगायतका कलाकारहरुको पनि अभिनय रहेको । एक्सन, लभ, रोमान्स, कमेडीको सम्मिश्रणमा निर्माण भएको चलचित्रमा किशोर खतिवडा अतिथि भूमिकामा रहेका छन् ।

२ माघ २०७५, बुधबार १२:०९