बसुन्धरा र देविका विशिष्ट अभिनेत्री र गायिका

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

थाइल्याण्डको पतायामा अन्तर्राष्ट्रिय छायाँछवि अनर अवार्ड सम्पन्न भएको छ । नेपालबाट ५१ जना सेलिब्रेटी थाईल्याण्ड पुगेर अवार्ड सम्पन्न गरिएको अवार्ड समारोह आयोजक छायाँछवि क्रियशनले बताएको छ । एवं बि एण्ड के इन्टरटेनमेन्ट सह–आयोजक रहेको यो अवार्डमा नेपालकै पहिलो चलचित्र ‘आमा’बाट अभिनय यात्रा थालेकी बसुन्धरा भूषाललाई विशिष्ट अभिनेत्री सम्मान तथा नेपाली चलचित्रलाई व्यवसायिक बनाउन एक से एक हिट गीत दिएकी देवीका बन्दनालाई विशिष्ट गायिका सम्मान प्रदान गरिएको छ ।

यसै अवसरमा समारोहमा वितरक÷निर्माता गोपालकाजि कायस्थलाई कलाकर्मी सम्मान, कलाकार निमृल शर्मा एवं कलाकार तथा अभिनेत्री रोशनी केसीलाई सामाजिक कला सम्मान, राज लुइटेललाई संचारकर्मी सम्मान, ह्याप्पी होमकी संचालिका महिमा पोखरेल र सामाजिक अभियन्ता चित्र प्रसाद सापकोटालाई समाजिक सम्मान तथा मोफसलमा रंग पत्रकारिता गर्दै आएका वि अधिकारीलाई मोफसल रंग पत्रकारिता सम्मान प्रदान गरिएको छ । कार्यक्रममा अनर अवार्ड समेत प्रदान गरिएको छ । नयाँ तथा पुराना संगीतकर्मी तथा चलचित्रकर्मीलाई आ–आफ्ना कामका आधारमा अनर अवार्ड प्रदान गरिएको थियो ।

कार्यक्रममा गायकका रुपमा योगेश काजी, श्रृंगारमा अमृत मरहट्टा, अभिनेत्रीका रुपमा अनामिका चौलागाई, लोक संगीतका राईजिङ सिंगरका रुपमा अर्जुन खड्का, मोडलका रुपमा विनाद श्रेष्ठ, दिपाशा विसी, संगीत संयोजकका रुपमा देवेन्द्र नेवा, लोक गायकका रुपमा दिनेश थापा, गायिका काव्य आचार्य, रेकर्डिष्ट प्रकाश खरेल, राइजिङ एक्टर सञ्जीत भण्डारी, गायिका सारीका घिमिरे, राइजिङ मोडल शिला मल्ल, अभिनता श्रीदेव भट्टराई, राइजिङ सिंगर सिर्जना खत्री (हाउडेमाया), गायिका सुशिला पाठक, संगीतकार सन्तोष श्रेष्ठ एवं ठाकुर प्रताप दुलाल एवं निर्देशक योगेश घिमिरेलाई अनर अवार्ड्स प्रदान गरिएको थियो । छायाँछवि क्रियशनका अध्यक्ष शान्तिप्रियले यस्तो विविध खाले अनर अवाडर््स नेपालमै पहिलो भएको बताए ।