नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)को आयोजना यसबर्ष पनि गरिने

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

गतबर्षबाट सुरु गरिएको नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)को आयोजना यसबर्ष पनि गरिने भएको छ । गतबर्ष पोखरामा सम्पन्न भएको निफ यसबर्ष भने काठमाडौंमा हुने बिहीबार राजधानीमा एक कार्यक्रमका बिच जानकारी दिइयो ।

पर्यटन बोर्डको हलमा वरिष्ठ फिल्मकर्मी यादव खरेलको प्रमुख आतिथ्यतामा सम्पन्न पत्रकार सम्मेलनमा वरिष्ठ फिल्मकर्मी नीर शाह, अभिनेता रमेश उप्रेती, चलचित्र विकास बोर्डका सदस्य दयाराम दाहाल, केन्द्रिय चलचित्र जाँचपास समिति सदस्य सुभाष गजुरेल, अभिनेता निर्मल शर्मा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै फेस्टिभलका संयोजक केपी पाठकले नेपाली चलचित्र अन्तर्राष्ट्रिय लेभलमा पुर्याउनको निमित पनि कार्यक्रम सार्थक हुनेमा जोड दिए ।

महोत्सव आउदो फेबु्रअरी २१ देखि २५ सम्म काठमाण्डूमा हुने बताइयो । यसपटक विभिन्न ३१ राष्ट्रका ५९ वटा फिल्महरु प्रदर्शनका लागि अन्तिम छनौटमा परेका छन् । ती मध्ये नेपालका १६ फिल्महरु समावेश छन् । महोत्सवमा समावेश विदेशी फिल्महरु मध्ये ३१ वटा शर्ट फिल्महरु छन् भने ६ वटा फिचर फिल्महरु छन् । यस्तै गरी नेपाली फिल्महरुमा ६ वटा फिचर र १० वटा शर्ट फिल्म रहेका छन् । नेपालले अन्तर्राष्ट्रिय सहकार्यमा बनाएका दुई वटा शर्ट फिल्महरु पनि महोत्सवमा समावेश गरिएको छ ।