‘कालि बिल्ली’ भन्दै करिनाले बिपाशालाई थप्पड लगाउनुको कारण यस्तो

मुम्बई , एजेन्सी ।

बलिउड अभिनेत्री करिना कपुर र बिपासा बसुको बिवाद एक समय बिबाद बनेको थियो । उक्त बिवाद अविस्मरणीय बनेको छ । १८ वर्ष पहिले चलचित्र ‘अजनबी’ को सेटमा करिना कपुरले बिपासा बसुलाई एउटा सामान्य विषयमा थप्पड लगाएकी थिइनन् । करिनाको उक्त हरकतले चलचित्रको सेटमा उपस्थित सबै जना चकित भए । भारतीय संचारमाध्यमका अनुसार चलचित्रको सेटमा करीना र बिपासाबीच कपडाको विषयमा झगडा भएको थियो । अवस्था त्यतिबेला तनावपूर्ण भयो जतिबेला करिनाका डिजाइनर विक्रम फड्नीसले करिनालाई नसोधी बिपासालाई सहयोग गरे । उक्त कार्यबाट आक्रोशित भएकी करिनाले बिपासालाई ‘कालि बिल्ली’ भन्दै थप्पड हानिन् । यो झगडा यति बढ्यो की बिपासाले भविष्यमा कहिल्यै पनि करिनासँग काम नगर्ने कसम नै खाइन् । अजनबी बिपासको डेब्यू चलचित्र थियो भने करिनाले एक वर्ष पहिले नै चलचित्र ‘रिफ्यूजी’ मार्फत डेब्यू गरेकी थिइन् ।

उक्त झगडापछि बिपासले फिल्मफेयरलाई दिएको एक अन्तर्वातामा भनेकी थिइन्, ‘यो विषयमा तिललाई पहाड बनाइयो । यदि करिनालाई डिजाइनरसँग केही गुनासो थियो भने यो विषयमा मलाइ मुछ्नुपर्ने कुनै कारण नै थिएन । म कहिल्यै पनि अब करिनासँग काम गर्दिन ।’ उक्त झगडापछि करिनाले पनि २००२ मा फिल्मफेयरलाई अन्तर्वाता दिँदै आफ्नो भनाइ राखेकी थिइन् । उनले भनेकी थिइन्, ‘मलाइ के लाग्छ भने बिपासालाई आफ्नो क्षमतामाथि विश्वास छैन । उनले चार पेजका अन्तर्वातामा तीन पेज त मेरै विषयमा कुरा गरेकी छन् । उनले आफ्नो कामको विषयमा किन उल्लेख गरिनन् रु मलाइ के लाग्छ भने बिपासलाई अहिलेसम्म जति सफलता मिलेको छ, त्यो सबै चलचित्र ‘अजबनी’ को सेटमा डिजाइनर विक्रम फड्नीसलाई लिएर मसँग भएको झगडाका कारण मिलेको छ ।’