निकिता पौडेल र रवि लामिछानेले गरे कोर्ट म्यारिज

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेल र चर्चित सञ्चारकर्मी रवि लामिछानेले कोर्ट म्यारिज गरेका छन्। केही समयदेखि पत्नीसँगको डिभोर्स र निकितासँगको सम्बन्धका विषयलाई लिएर रवि सोसल मिडियामा ‘हट टपिक’ बनेका थिए। परम्परागत रुपमा भने उनीहरुले आउँदो बैशाखमा विवाह गर्ने फेसबुक स्टाटसमार्फत बताएका छन् ।

उनीहरूबीच सोमबार दिउसो काठमाडौं जिल्ला अदालतमा कानुनी विवाह सम्पन्न भएको हो। २५ वर्ष लामो वैवाहिक जीवन टुंग्याएका रवि लामिछानेले  ‘व्यक्तिगत जीवनले नयाँ मोड लिएको’भन्दै ‘एक अर्काका परिवार, आफन्त र नातागोताको छलफल र अनुमतिमा विवाह गरेको’ उल्लेख गरे। निकिताको ७ वर्ष पहिले नै डिभोर्स भएको थियो।

रविले आफुले कानुनी विवाह सम्पन्न गरेको भन्दै फेसबुक स्टाटस लेखेका छन् । चाँडो विवाह गर्ने सोच नभए पनि आफूहरूबारे चलेका चर्चाले चाँडो भएको उनले फेसबुकमा लेखेका छन्। उनले भनेका छन् 'यो निर्णय यति छिटो गर्ने योजना नै थिएन। तर हामी दुबैप्रति जसरी मानसिक यातना नै हुने गरी अनवरत समाचार र खोजबीन चल्यो त्यसले हामीलाई एक अर्काको निकै खाँचो पर्‍यो’, ।

उनले थपे  ‘यो हाम्रो नितान्त व्यक्तिगत जीवन हो। कसैको चर्चा, आलोचना, सुझाव, ब्याख्यामा हामी अटेनौ भने हामीलाई माफ गर्नु होला। हाम्रो भोगाई र तपाईंको सोचाइ नमिल्न सक्छ। हामी दुबैजना यो निर्णयबाट एकदमै खुसी छौँ। र, हामी सबैबाट हाम्रो सुखद दाम्पत्य जीवनकालागि शुभ कामना मात्र चाहन्छौँ।’