मोफसल टुर अन्तर्गत चितवनका सञ्चारकर्मीसँग भेटघाट गर्दै ‘रणवीर’ टिम

आर्टिष्ट खबर/ माघ, काठमाडौं

माघ १८ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘रणवीर’ मोफसल टुर अन्तर्गत मंगलवार चितवनका सञ्चारकर्मीसँग भेटघाट गरेको छ । निर्माणको समय देखि नै चर्चामा रहेको फिल्मका निर्माताद्वय गोमा बिष्ट थापा र दिपेन्द्र रेग्मी ,कलाकारहरुमा नरेश पौडेल , सुशील सिटौला , सुबेक्षा खड्का र सुपुस्पा भट्टले सञ्चारकर्मीसँग साक्षात्कार गरेका हुन् । सुशीललाई नै रणवीर बनाउनुको कारण र सुबेक्षाले डेब्यु फिल्म रणवीरनै रोज्नुको कारण बारे स्थानीय सञ्चारकर्मीले जिज्ञाषा राखेका थिए।

पत्रकार सम्मेलनमा सुपुस्पाले पनि फिल्म डेब्युलाई प्रस्ट्याइन । साउथ इण्डियन फिल्म टिममा समेत काम गरिसकेका गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा टिका पहाडी , रवी गिरी , शैलेश्वरी सिंह , जगदीश रिजाल , बसन्ती भट्ट लगायतको पनि अभिनय रहेको छ । सन् २०१२ कि मिस इन्टरनेशनल सुबेक्षा खड्का पनि यसैफिल्मबाट डेब्यु गर्दै्छिन् ।फिल्मका रणवीर अर्थात सुशील सिटौलाले आफुले कडा मेहनत गरेको बताए । फिल्मको ट्रेलरलाई साहिल खानले तयार पारेका हुन् ।

फिल्मलाई प्राची फिल्म्स र डिआर फिल्मको ब्यानरमा गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीले संयुक्त रुपमा निर्माण गरेका हुन् । फिल्ममा माया , मित्रता र बदलाको कथालाई प्रस्तुत गरिएको छ । यसमा कथा , पटकथा , संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीको रहेको छ । फिल्ममा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द, रामजी लामिछाने , गम्भीर विष्ट र सुरेन्द्र बसेलको कोरियोग्राफी छ ।

सुपुस्पा भट्ट : फिल्ममा मेरो क्यारेक्टरले केहि न केहि छाप पक्कै छाड्ने छ । फिल्ममा म अडिसन मार्फत छानिए । एउटा राम्रो टिम पाएपछि मैले मौकाको सदुपयोग गरेकी हु । आश छ मलाइ नेपाली फिल्ममा दर्शकले राम्रो स्वागत गर्नु हुनेछ ।

सुशील सिटौला: फिल्मको लागि कडा मेहनत गरेको छु । मैले तौल मात्र बढाईन ,रणवीर बन्न कडा मेहनत समेत गरेको छु । फिल्ममा मैले एउटा युवाको भूमिका निर्वाह गरेको छु , जसले माया , मित्रता र परिवारसँगै राष्ट्रको लागि पनि केहि गर्छु । मैले अघिल्ला फिल्ममा गरेको काम भन्दा पनि यसको कामलाई हेरेर मलाइ मुल्यांकन गरिदिनु होला । सार्वजनिक ट्रेलर र गीत संगीत मार्फत पाइरहेको प्रतिक्रिया सकारात्मक छ ।

सुबेक्षा खड्का : मैले यस फिल्मलाई डेब्यु रोज्नुको कारण कथावस्तु नै हो । यसमा मेरो रोल मात्र होइन , यो सब्जेक्ट नै राम्रो छ । पछिल्लो समय बनिरहेका फिल्मको तुलनामा यो टेक्निकली मात्र होइन कथा वस्तुको हिसाबले पनि राम्रो छ । मेरो क्यारेक्टर पछिल्लो समय आइरहेका फिल्मको तुलनामा फरक नहोला तर फिल्म नै एउटा राम्रो प्याकेज बनेको छ । फिल्म हेरिरहदा दर्शकले राम्रो र हाम्रो पाउनु हुन्छ ।