कान्तिपुर फिल्म एकेडेमीले सर्ट फिल्महरु प्रदर्शन गर्दै दोश्रो ग्राजुएसन कार्यक्रम सम्पन्न गर्यो

आर्टिष्ट खबर/ माघ, काठमाडौं

कान्तिपुर फिल्म एकेडेमीले गत सोमबार काठमाण्डौको क्युज सिनेमा हलमा विद्यार्थीहरुले बनाएको सर्ट फिल्महरु प्रदर्शन गर्दै आफ्नो दोश्रो ग्राजुएसन कार्यक्रम सम्पन्न गर्यो । राजधानीमा अवश्थीत चलचित्र सम्बन्धी अध्ययन अध्यापन गराउदै आएको फिल्म स्कुल कार्यक्रममा फिल्म एक्टीङ्ग र फिल्म मेकीङ्गमा एक बर्षे डिप्लोमा कोर्ष सकाएका २६ जना विद्यार्थीहरुलाई ग्राजुएट गरीएको थियो भने ग्राजुएट भएका विद्यार्थीहरुले बनाएको फरक फरक विषयको ९ वटा सर्ट फिल्महरु पनी प्रदर्शन गरीएको थियो ।

प्रदर्शन हुने फिल्महरुमा हेम प्रभासको ‘द मास्क’, दिपेश याक्सोको ‘तिम्मक’, रीमा थापाको ‘व्युत्क्रमो’, उदय अधिकारीको ‘पाथ टु हेल’, राज दिप लामाको ‘ग्याङ्गस अफ काठमाण्डौ’, ईश्वरी आचार्यको ‘बुद्ध, आईज एण्ड बिटवीन’, उद्धव दंगालको ‘लोङ्गवा’, रविन्द्र श्रेष्ठको ‘रियल कोईन्स’, र दिपेन्द्र मल्लको ‘पद्मा’ थिए ।

चलचित्र हेरीसकेपछी ग्राजुएट भएका विद्यार्थीहरुलाई निर्माता तथा एकेडेमीका अध्यक्ष छविराज ओझा, निर्देशक÷कलाकार दीपाश्री निरौला, निर्देशक उज्वल घिमीरे र निर्माता केशव भट्टराईले प्रमाण पत्र वितरण गरेका थिए । कार्यक्रमको अन्त्यमा बोल्दै दिपाश्री निरौलाले सबै चलचित्र राम्रो भएको र सँधै यही जोसका शाथ कहील्यै हार नखाई अगाडी बड्न सबै विद्यार्थीहरुलाई हौसला सहीत शुभकामना दीनुभएको थियो ।

विद्यार्थी, शिक्षक, प्यारेन्टस् र पत्रकारहरुको बिचमा गरीएको उक्त फिल्म प्रदर्शनीमा चलचित्रकर्मीहरु, ज्ञानेन्द्र देउजा, गोपाल काजी कायस्थ, नवल नेपाल, पुष्प खड्का, दिपक बज्राचार्य, सुवर्ण थापा, बिष्णु कल्पित, प्रदीप भारद्धाज, विप्लप उप्रेती, जिपी तिमील्सीना, कृष्ण काफ्ले, सुमन गिरी भान्जा, बिसारद बस्नेत, दशरथ गिरी, सरोज श्रेष्ठ, योगेश घिमीरे, चन्द्र झा लगायत थुप्रै निर्माता निर्देशकको उपस्थिती थियो ।