‘म करीना कपूरको ठुलो फ्यान थिए’ : सारा अली खान

मुम्बई , एजेन्सी ।

बलिउड चलचित्र 'केदारनाथ' मार्फत बलिउडमा डेब्यु गरेकी सारा अली खान छोटो समयमा नै लोकप्रिय बन्न सफल भएकी छिन् । गत वर्ष सार्वजनिक प्रर्दशनमा आएको चलचित्र ‘केदारनाथ’ले बक्स अफिसमा राम्रो कलेक्सन गर्न सफल भयो । त्यस लगत्तै उनको अर्को चलचित्र ‘सिम्बा’ ले पनि बक्स अफिसमा राम्रै व्यापार गर्न सफल भयो । डेब्यु चलचित्रमानै उनले गरेकोअभिनयले धेरै दर्शकलाई आर्कषित बनायो । उनी हाल सुन्दर र ट्यालेन्ट अभिनेत्रीको रुपमा चिनिन्छिन् । उनलाई धेरैले मन पराउँन थालेका छन् ।

उनी बच्चाबेला देखिनै अहिलेकी सौतेनी आमा करीना कपूरकी फ्यान थिइन् । अभिनेता सैफ अली खान र अमृता सिंहकी छोरी सारा अली खान करिना कपूरको चलचित्र ‘कभी खुशी कभी गम’ बाट प्रभावित भएको बताउछिँन् । उनी त्यतिबेला देखिनै करिनाकी फ्यान बनेकी थिईन् । उनले धेरै पटक आफु सधैँ करिनाको नजिक हुन चाहेको बताएकी छिन् । अन्तर्वार्तामा उनलाई अहिले करिना कपूर सौतेनी आमा हुँदा उनलाई कस्तो आभाष हुन्छ भन्ने पत्रकारहरुलाई उनी कडा जवाफ दिने गर्छिन् । उनी भन्छिन् 'म करिना कपूरको एकदमै ठूलो फ्यान थिएँ । उहाँ सँग नजिक हुन मैले धेरै पटक भगवानसँग प्रार्थना गरे । भनिन्छ मानिसले चाहेको र सानैदेखि प्रार्थना गरेको कुरा पुरा हुन्छ, त्यसैले उहाँ अहिले मेरो परिवारमा सामेल हुनुहुन्छ।' उनले धेरै अन्तर्वार्तामा यहि जवाफ दोहोराउने गर्छिन् ।