तिन पोष्टरमा ’यात्रा :अ म्युजिकल भ्लग’

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

चलचित्र ’यात्रा : अ म्युजिकल भ्लग’ को तिन पोष्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोष्टरमा सलिनमान बानियाँ र मालिका महतको प्रेम र मित्रता साथै चलचित्रका सम्पूर्ण कलाकारलाई समेटिएको छ । चलचित्रमा सलिन भ्ल्गिस्टको भूमिकामा प्रस्तुत हुनेछन् । यात्राको क्रममा आउने घटनाक्रमलाई चलचित्रमा प्रस्तुत गरिएको छ । चलचित्रमा सलोन बस्नेत , जान्वी बस्नेत , जय नन्द लामा , रेअर राई , प्रेक्षा बज्राचार्य , धिरेन शाक्य , राजाराम पौडेल , विशाल कटवाल , समृद्धि राई , योगेश जंग कुँवर, इश्वर पौडेल , नानीकाजी डंगोल , राजेश बिसुराल , इश्वर पौडेल , बिशाल पहाडी , प्रजोल भट्टराई , देशभक्तखनाल , कमल मैनाली , सौगात शर्मा लगायतको अभिनय रहनेछ । यसमा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहनेछ । चलचित्रमा बालकलाकारको रुपमा पछिल्लो समय युट्युबमा चर्चा रहेका अंकित संग्रौला र एन्जल राई रहेका छन् ।

लभ स्टोरी जनरामा बन्ने चलचित्रमा प्रेमको यात्राले ल्याउने परिस्थितिलाई देखाइनेछ । सम्राट शाक्यको कथा तथा निर्देशन रहने चलचित्रलाई केशव भट्टराई र सुशील पोखरेलले संयुक्त रुपमा निर्माण गर्दैछन । सम्राट शाक्यले यही चलचित्रबाट निर्देशनमा डेब्यू गरेका छन् । दुई दशक अगाडी सहायक निर्देशक भइ यसक्षेत्रमा भित्रिएका सम्राटले मुख्य सहायक निर्देशक भइकाम गरेका चलचित्रहरु 'के यो मायाहो' ,मेरो लभ स्टोरी ,कोहि मेरो ,नोभेम्बर रेन ,होमवर्क, छक्का पञ्जा , ऐश्वर्य , कृ लगायत उच्च चर्चामा रहेका थिए । चलचित्रबारे शाक्यले भने 'चलचित्रको थिम अनुसार नै पोष्टरलाई सार्वजनिक गरेका छौ । चलचित्रमा यात्राको क्रममा आउने पललाई  फिल्मी शैलीमा चित्रण गरेका छौ । चलचित्रमा सलिनलाई यात्रीको रुपमा प्रस्तुत गरेका छौ । मित्रता र माया देखाइने चलचित्रले केहि संदेश पनि दिन्छ तर यसको मुख्य उदेश्य भने मनोरंजन नै हो । चलचित्रले नेपालको सुन्दरतालाई देखाउछ भने दर्शकले आफ्नै पनको मौलिक कथा यसमा पाउनु हुनेछ।'

चैत २९ गते सार्वजनिक प्रर्दशनमा आउने चलचित्रमा कथापनि सम्राटकै रहेको छ भने यसलाई उनिसँगै सुरेश न्यौपाने , प्रतिकपौडेल र शिशिर खातीले मिलेर लेखेका हुन् । चलचित्रको मुख्य सहायक निर्देशक सुरेशनै रहेका छन् भने यसलाई संजय लामाले खिच्नेछन् । चलचित्रमा कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी , हिमाल केसीको द्वन्द , बनिश शाहको सम्पादन , आशिष पौडेलको कस्ट्युम डिजाइन , जटा शंकर गोसाईको आर्ट डिजाइन , निमा लामाको मेकअप र अरुण रेग्मीको प्रोडक्सन डिजाइन रहनेछ । चलचित्रमा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाकोसँगै प्रतिक पौडेल र कोविद बज्रको संगीत रहनेछ । चलचित्रमा श्रीधर पौडेलको फोटोग्राफी रहेको छ भने यसको डिजाइनर टौवा क्रिएसनले गरेका हुन् । कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड , क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण हुने चलचित्रमा केशव भट्टराईसँगै चिज कुमार श्रेष्ठ पनि प्रस्तुतकर्ता रहेको चलचित्रमा बिक्रम पराजुली , मुक्ति तिम्सिना र राम शरण घिमिरे सह -निर्माता रहेका छन् । चलचित्रका निर्माता सुशील पोखरेल हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् ।