मिलन अमात्यको ‘मिलन यात्रा’

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै गायिका मिलन अमात्य (मिलन नेवार)को चौथो एल्बम ‘मिलन यात्रा’ र पाचौँ एल्बममा समावेश ‘मन रेशम’ बोलको गीत तथा भिडियो सार्वजनिक गरिएको छ । गृहमन्त्री राम बहादुर थापा ‘बादल’को प्रमुख आतिथ्यतामा वरिष्ठ गायक दिप श्रेष्ठ, वरिष्ठ गीतकार राजेन्द्र थापा, संगीतकार शक्ति बल्लभ, गायिका मिलनका मातापिता लगायत अन्य अतिथिहरुको हातबाट लोकार्पण गरिएको उक्त एल्बममा कुल सात गीत समावेश छन् जसमा योगेन्द्रमणी दाहालको एकल शब्द र राजु सिंहको एकल संगीत रहेको छ ।

सार्वजनिक भिडियोमा गायिका मिलनसँगै गायक कमल खत्रीको स्वर रहेको छ भने भिडियोमा अभिनय समेत उनिहरुले नै गरेका छन् । हरी हुमागाईको छायांकन रहेको भिडियो सम्पादन गरेका हुन् भने निर्देशन राजेश पुमा राईको रहेको छ । सोही कार्यक्रम मार्फत उनले ‘सिङ्गिङ फर सोसाइटी’ भन्ने उदेश्य सहित ‘मिलन च्यारिटी फाउण्डेसन’को सुरुवात समेत गरेकी छिन् । आफ्नो साङ्गितिक प्रस्तुती र सामाग्रीबाट आउने रकमको केही अंश समाज सेवामा खर्चने उदेश्य उनले लिएकी छिन् । सोही अनुसार प्रारम्भिक चरणमा मिलनले आफ्नो सहायता ‘शहिद स्मृति आवासिय माध्यमिक विद्यालय’ इटहरीमा केन्द्रित गर्ने छिन् ।