‘पहिला बाबुसँग रोमान्स गरे,अब छोरासँग गर्दैछु ।’:निरुता सिंह

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

फागूणको १७ गतेबाट सार्वजनिक प्रर्दशनमा आउन लागेको चलचित्र ‘क्याप्टेन’मा समावेश  एक गीतको छायांकन केही दिनमा हुनेछ । जसमा नायक भूवन केसी र अनमोलसँको साथमा निरुता सिंह पनि देखिने भएकी छिन्। केही समय अगाडि एउटा कार्यक्रममा नायिका निरुता सिंहले नायक अनमोल केसीसँग काम गर्ने चाहना व्यक्त गरेकी थिइन् । जतिबेला, निरुताले कुनै पनि नेपाली चलचित्रमा काम गरेकी थिइनन् । अब, उनै निरुताले नायक अनमोल केसीसँग काम गर्ने भएकी छिन् ।

चलचित्र ‘दाल भात तरकारी’को छायांकन सकेर केही दिन अगाडि मात्र मुम्बई पुगेकी निरुता नायक अनमोल केसीको आग्रहपछि ‘क्याप्टेन’ गीतमा नृत्य गर्न नेपाल आएकी हुन् । यो गीतमा नायक अनमोल केसी र नायिका निरुता सिंहको साथमा नायक भूवन केसीले पनि नृत्य गर्दैछन् । ८ बर्षपछि भूवनले चलचित्रमा काम गर्न लागेका हुन् । त्रिभुवन विमानस्थलमा निरुतालाई लिन पुगेका नायक केसीले भने–‘अनमोलले आग्रह गरेपछि निरुता नेपाल आएकी हुन् ।हामी ३ जनाको केमेष्ट्रीलाई दर्शकले मन पराउनुहुनेछ भन्नेमा विश्वस्त छु।’नायिका निरुता सिंहले आफूले २५ बर्ष अगाडि भूवन केसीकै चलचित्र ‘दक्षिणा’बाट यो क्षेत्रमा पाइला चालेको बताइन् । उनले हाँस्दै भनिन्–‘२५ बर्ष अगाडि बाबुसँग,अब छोरासँग रोमान्स गर्दैछु ।’ दिवाकर भट्टराइले निर्देशन गरेको चलचित्रमा नायक अनमोल केसीफूटबल खेलाडीको भूमिकामा देखाएका छन् । चलचित्रमा उपासना सिंह ठकुरी र प्रियंका एमभी मुख्य नायिकाको रुपमा छन् ।