आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

केन्द्रिय चलचित्र सेन्सर बोर्डले चलचित्र ‘रणवीर’लाई प्यारेन्स गाईडेड सर्टिफिकेट दिएको छ । सेन्सर बोर्डले ‘पिजी’ प्रमाणपत्र दिँदै चलचित्र प्रदर्शनका लागि खुल्ला गरेको छ । शुक्रबारबाट प्रदर्शनमा आउन लागेको यस चलचित्र हेर्नका लागी १६ बर्ष मुनिका दर्शकहरु अभिभावकसँग जानुपर्ने छ ।

निर्माता गोमा बिस्ट थापाले सेन्सर बोर्डले चलचित्र राम्रो बनेको प्रतिक्रिया दिँदै सेन्सर पास गरेको जानकारी दिएकी छिन् । त्यसैगरी निर्माण युनिटले चलचित्रले माया, मित्रता र बदलाको कथालाई प्रस्तुत गर्ने बताएका छन् । गोविन्द सिंह भण्डारीको कथा, पटकथा, संवाद तथा निर्देशन रहेको चलचित्रमा सुशील सिटौला, सुवेच्क्षा खड्का, सुपुस्पा भट्ट, नरेश पौडेल, टिका पहाडी, रवी गिरी, शैलेश्वरी सिंह, जगदीश रिजाल, बसन्ती भट्टलगायतको अभिनय रहेको छ । सुवेच्क्षा र सुपुस्पाले यसै चलचित्रबाट अभिनयमा डेब्यु गर्न लागेका हुन् ।

'प्राची फिल्मस्' र डिआर फिल्मस्'को ब्यानरमा निर्माण गरिएको चलचित्रमा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द्व, रामजी लामिछाने, गम्भीर विष्ट र सुरेन्द्र बसेलको नृत्य समेटिएको छ ।