सन् २०१८ मा चलचित्र 'धडक'मार्फत बलिउडमा डेब्यु गरेकी जाह्नवी कपूरले पहिलो चलचित्रबाटनै लोकप्रियता प्राप्त गर्न सफल भईन् । चलचित्र 'धडक'ले बक्स अपिसमा राम्रो व्यापार गरेको थियो । हाल उनी चलचित्र ‘तख्त’ र गुञ्जन सक्सेनाको बायोपिक मार्फत दर्शकमाझ आउने तयारी गरिरहेकी छिन् ।
अहिले भने जाह्नवीले आफ्नो समय गुञ्जनको बायोपिकलाई दिईरहेकी छिन् । गुञ्जन सक्सेना भारतीय वायु सेनाकी पहिलो महिला हेलीकाप्टर पाइलट हुन् । उनले १९९९ मा कारगिल युद्धको क्रममा आफ्नो साथी लेफ्टिनेन्ट श्रीविदया राजनसँग मिलेर कयौं घायल सैनिकको ज्यान बचाएकी थिइन् । उनको जिन्दगीको कहानी निकै प्रेरणादायक रहेको छ । गुञ्जन शौर्य चक्रबाट पुरस्कृत हुने पहिलो महिला हुन् । आफ्नो बहादुरीका कारण संसारभर प्रख्यात भएकी गुञ्जनले अन्य विधाबाट पनि निकै पुरस्कार हासिल गरेकी छिन् ।
भारतीय मिडियाका अनुसार जाह्नवीले आफूलाई क्यारेक्टरमा ढाल्न उनले निकै मिहिनेत गरेकी छन् । त्यसैले उनी आफ्नो वजन बढाइरहेकी छिन् । उनले आफ्नो करीब ७ केजी तौल बढाउनेछिन् । मिडियाका अनुसार उनलाई वजन बढाउन निकै मुश्किल भइरहेको बताइएको छ । जाह्नवीले पूरै तरिकाबाट चरित्रलाई चलचित्रमा उतार्नका लागि गुञ्जनसँग थुप्रै पटक भेट गरिसकेकी छन् ।