आर्टिष्ट खबर/ माघ, काठमाडौं

चलचित्र ‘यात्रा’ को अफिसियल टिजर सार्वजनिक भएको छ । निर्माण टिमले बिहीवार राजधानीमा एक कार्यक्रमका बीच पत्रकार समक्ष टिजर सार्वजनिक गरेका हुन् । प्रेम र एक्सनको समिश्रिण रहेको टिजरमा अभिनेता सलिनमान बनियाँ र नव अभिनेत्री मल्लिका महत्तको प्रेमलाई विशेष स्थान दिइएको छ ।

त्यसैगरी टिजरमा सलिन र मल्लिकाको अलवा सलोन बस्नेत पनि फिर्चड छन् । टिजरमा सलिन र मल्लिकालाई प्रेमीजोडीको रुपमा देख्न सकिन्छ र सलिन आफ्नो प्रेमकोलागि लडाई गरिरहेको देख्न सकिन्छ । उनको मल्लिकासँग केमेस्ट्री पनि सुहाएको छ । यसैगरी अभिनेता सलोन भने निकै क्रोधित हुदै बन्दुक तेर्साइरहेका छन् । टिजर हेरसिकेपछि उनी चलचित्रमा भिलेनको भूमिकामा रहेको अनुमान गर्न सकिन्छ । जर्नी लभस्टोरी फ्लेवरको यस चलचित्रमा यात्रामा आउने परिस्थितिलाई प्रस्ट देखाइएको छ ।

चलचित्रमा सलिन मल्लिका र सलोनको अलवा प्रेक्षा बज्राचार्य,जान्वी बस्नेत, धिरेन शाक्य, राजाराम पौडेल र विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीलगायतको पनि अभिनय रहेको छ । सम्राट शाक्यको डेब्यु निर्देशन र कथाबस्तु रहेको यस चलचित्रमा बालकलाकारको रुपमा अंकित संग्रौला र एन्जल राई रहेका छन् ।

केशव भट्टराई र सुशील पोखरेलले संयुक्त रुपमा निर्माण गरेको यस चलचित्रको कार्यकारी निर्मातामा सर्जुमान लिगल रहेका छन् । त्यसैगरी बिक्रम पराजुली, मुक्ति तिमल्सिना र रामशरण घिमिरे भने सह-निर्माता रहेका छन् । चलचित्रमा कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी, हिमाल केसीको द्वन्द ,वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा ,प्रतिक पौडेल र कोविद बज्रको संगीत ,संजय लामाको छायांकन र बनिश शाहको सम्पादन रहेको छ । चलचित्रको प्रर्दशन मिति चैत २९ गतेलाई तोकिएको छ ।

teaser

१७ माघ २०७५, बिहीबार १०:५८