सुरुमा स्टुडियो देख्दा गाउने होसै हरायोः गायक सुजन बराइली

...

sujan baraili - singerकात्तिक २२, काठमाडौं । एक दशक दोहोरी साँझ सञ्चालन गरेर पछि गायक बनेका गायक सुजन बराइली अहिले गायन क्षेत्रमा जम्ने प्रयासमा छन् । जन्म घर पर्बत भएका बराईलीले बि.सं २०६० सालमा पहिलो एल्बम ‘सम्झना छ मनैमा’ बजारमा ल्याएका थिए । उनले अहिले ५ ओटा गीत रेकर्ड गरिसकेका छन् । गायक सुजन बराइली सँग बिरेन्द्र ओलीले गर्नुभएको कुराकानीः

हालसम्म कतिवटा गीति एल्वम निकाल्नु भयो ?
मैले वजारमा ल्याईसकेको ५ वटा एल्वम । पहिलोे एल्वम ‘सम्झना छ मनैमा ’हो दोस्रो एल्वम ‘झझल्को लाइरहन्छ तेस्रो एल्वम ‘बोलाइ पासो भो ’ निकालेँ । चौथो एल्वमको रुपमा ‘अन्त नजर लाउन छोडनेछु ,पाचौ एल्बम रमाइलो गर्ने यहि बोली हासो हो बजारमा चली रहदा अन्त नजर लाउन छोडने छु नामक एल्बम बजारमा आएपछी अरु भन्दा यो केहि चर्चामा रहयो ।

सुरुमा स्टुडियो जाँदा कस्तो लाग्थ्यो ?
सुरुमा स्टुडियो पुगेर गाउँन जादा होसै हराए जस्तो भयो । सुरुको गीत दूई पटकमा गाउँन सफल भएँ । सुरुमा सवैलाई गाह्रो नै हुन्छ ।

आफ्नो लगानी कति लाग्यो ?
लगानी सुरुमा १ लाख ५० हजारसम्म पुग्यो । त्यो लगानी मैले दिन रात नभनि कमाएको मेरो एक्लो लगानी हो । खर्च भए पनि मलाई एक पैसा गएको जस्तो लागेन किन की जति लगानी लागे पनि म एल्वम निकाल्न चाहन्थेँ । सुरुमा केही पनि थाहा थिएन अरुकै भरमा एल्वम गरेको हो ।

कलाकार वन्न कत्तिको संघर्ष गर्नु भयो ?
निकै संघर्ष गरेँ । सवै भन्दा पहिले आर्थिकको समस्या भोग्नु प¥यो । मलाई यल्वम निकाल्न चाहना भएकोले रुदैँ काम गर्न पनि पछि परिन । त्यो रुदैँ काम गरेको क्षण पनि मेरोे लागि दुःख भएन । पहिलो यल्वम निक्लेपछि सवै कुरा थाहा भयो । अहिले अलि सजिलो भएको छ ।

गीत चल्नुमा कसैको भुमिका हुन्छ कि हुदैँन ?
गीत चलाउनमा मिडिया नै चाहिन्छ मिडियाले साथ दिएन भने गीत निकालेर कुनै काम छैन हजारौँ गीत आउँछन् तर केही मात्रले वजार लिन्छ ।

गीत संगितमा लाग्नका लागि पे्ररणा कसले दियो ?
आफनै दाइहरु कमल बराइली र चन्द्र प्रकाश बराइली ।

गीत गाउने क्रममा कहाँसम्म पुग्नुभयो ?
गीत गाउँन भनेर म बाग्लुङ, म्याग्दी, पर्बत, पोखरा, सुर्खेत, आदि ठाउँमा गएको छु ।

सांगितिक क्षेत्रमा भविष्य छ ?
राम्रो सिप र निरन्तरता भयो भने केह ीगर्न सन्छि तर ठुलो अपेक्षा राख्नु हुदैन । कुनै अर्कौ पेशा पनि भयो भने जीवन गुर्जान सजिलो हुन्छ ।

भविष्यको योजना के छ ?
एउटा अनाथ तथा असाय बालबलिकाहरुका लागी सहयोग हुने संस्था खोलेको छु । साथै सांगितिक क्षेत्रलाइ निरनतरता दिन चाहान्छु ।