मेल्बर्नमा नेपाल आइडल कन्सर्ट आज

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ माघ, काठमाडौं ।</b></pre><p style="text-align: justify; "> गायन रियालिटी शो नेपाल आइडल दोश्रो सिजनका उत्कृष्ट ६ प्रतियोगीले आज (फेब्रुअरी ३) मा अस्टे«लियाको मेल्बर्नमा भब्य कन्सर्ट गर्दैछन् । अष्ट्रेलियाको पर्थ र ब्रिस्बेनमा कन्सर्ट गरिसकेका उत्कृष्ट ६ प्रतियोगीहरु तेश्रो कन्सर्ट गर्नका लागी शनिबारनै मेल्बर्न पुगेका हुन् । आयोजक संस्था स्मार्ट एक्सेस ईन्टरटेन्मेन्टलका प्रमुख बिभुषण जोशीका अनुसार तीन सय टिकट बिक्रि भैईसकेको र दुई सय टिकट बुकिङ रहेकाले शनिबारसम्म&nbsp; टिकट पाँच सय बिक्री भइसकेको थियो ।&nbsp;</p><p style="text-align: justify; ">कन्सर्टमा बिजेता रबि ओड सहित बिक्रम बराल, सुजित पाठक, अस्मिता अधिकारी सहित पवन गिरीले लाईभ कन्सर्ट दिनेछन् । यस पटकको नेपाल आईडलको कन्सर्ट भब्य हुने र मेल्बर्नबासी नेपालीहरुको उल्लेख्य सहभागीता रहने आयोजकको दाबि छ । गत महिनानै कन्सर्टको अर्ली बर्ड टिकट समेत सोल्ड आउट भएको थियो&nbsp; भने अहिले प्रिशेलको टिकट बिक्री भैईरहेको छ । २५ डलरको प्रिसेलको टिकट कन्सर्टकै दिन गेटमा किन्दा ३५ डलर पर्नेछ । यस पटकको नेपाल आईडलको कन्सर्ट रिमा विश्वकर्माले संचालन गर्दै आएकी छिन् ।</p><div style="text-align: justify; "><br></div>