बलिउड अभिनेता सलमान खानको विवाहको चर्चा चलिरहेको छ । उनी ५० वर्ष नाघिसक्दा पनि अविवाहित छन् । अहिले भने सलमान खानले ‘रियल लाइफ’मा नभई ‘रिल लाइफ’मा कट्रिनाकासाथ विवाह गर्दैछन् । अभिनेता सलमानलाई सबै भन्दा बढी सोधिने प्रश्न हो ‘विवाह कहिले गर्ने ?’ तर सलमान खान जहिले पनि यस प्रश्नको जवाफ दिन अस्वीकार गरिदिन्छन् ।
वास्तविक जीवनमा सलमान खानकी प्रेमिका भइसकेकी अभिनेत्री कट्रिनाका साथ सालमान खान फिल्म ‘भारत’मा विवाह भइरहेको छ । अर्थात् सलमान र कट्रिनाको रिल लाइफमा विवाहको छायांकनको तयारी भइरहेको छ । सलमान खान र कट्रिना केफको यो फिल्म इदको अवसरमा २०१९ को जुन ५ मा रिलिज हुनेछ । अली अब्बास जफरको निर्देशन रहेको यो फिल्ममा सलमान खान र कट्रिना केफका साथै दिशा पाटनी, तब्बु, ज्याक श्राफ, सुनील ग्रोवरलगायतको अभिनय रहेको छ ।
२२ माघ २०७५, मंगलवार ०५:१७