सरकारले हामीलाई प्रयोग गरेको होइन, मौका दिएको होः सुन्तली

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

चितवनको भरतपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने घोषणा गरेसँगै सहयोग रकम संकलनका लागी धुर्मुस सुन्तली फाउण्डेशन लागिपरेको छ । सिताराम कट्टेल (धुर्मुस्) र कुञ्जना घिमिरे (सुन्तली)को टिम सोमबार मात्रै एकसाताको कार्यक्रमका लागी मलेसिया प्रस्थान गरेको छ ।

‘हामी रंगशाला बनाउने घोषणा गरेसँगै सहयोगका लागी अपिल गरिरहेका छौं, फलस्वरुप पहिलो कार्यक्रम मलेसियाका लागी तय भएको छ, एकसातामा मलेसियाका बिभिन्न शहरहरुमा सांगितीक कार्यक्रम रहेको छ’ सोमबार एअरपोर्टमा सञ्चारकर्मिहरुसँग कुरागर्दै धुर्मुस्ले भने । ‘सिटी एक्प्रेस धुर्मुस सुन्तली साँझ’ नाम राखिएको उक्त कार्यक्रममा नेपाल बाट गएका अन्य कलाकारहरुको पनि प्रस्तुती रहने र उठेको सम्पुर्ण रकम क्रिकेट रंगशालाको निर्माणमा लगाइने जानकारी दिए । ‘एकसाताको समयमा मलेसियाको क्वालालम्पुर, पेनाङ र जोर्बारोमा कार्यक्रम हुनेछ, कार्यक्रममा सहयोग गर्न चाहानुहुने जोकोहिले पनि सहयोग गर्न सक्नुहुनेछ र टिकटबाट उठेको सम्पुर्ण रकम रंगशाला निर्माणका लागी हुनेछ’ धुर्मुस्ले जानकारी दिए । ‘हामीले रंगशाला घोषणा गरेपछिको यो बिदेशको पहिलो कार्यक्रम हो, मेलसियामा रहनुभएका नेपालीहरुको साथ देख्दा एक करोड उठ्ने अपेक्षा राखेकाछौं’ धुर्मुस्ले थपे । घोषणा गरेको दिनबाट पाँचकरोड पचास लाख भन्दा बढी उठेको धुर्मुसले जानकारी दिए । घोषणा भएको दिन साढे चारकरोड र चितवनबाट अर्को एक करोड सहयोग जुटेको उनको बताए । साथै फाउण्डेशनमा रहेको दुई करोड नौं लाख रुपैंया पनि रंगशाला निर्माणमा खर्चिने घोषणा गरिसकेको धुर्मुसले जानकारी दिए ।

‘‘हामीले रंगशाला घोषणा गरेपछिको यो बिदेशको पहिलो कार्यक्रम हो, मेलसियामा रहनुभएका नेपालीहरुको साथ देख्दा एक करोड उठ्ने अपेक्षा राखेका छौं’’  — धुर्मुस्

यस्तै सुन्तलीले पनि तीनअर्बको बजेट हुँदा रंगशाला बन्दैनकि भन्ने डरमा रहेका नेपालीहरुलाई निर्धक्क हुन आग्रह गरिन् । उनले एक नेपालीले एकसयको दरले सहयोग गरेपछि रंगशाला निर्माणका लागी रकम पुग्ने बताइन् । ‘हामीले ब्यक्तिगत रुपमा सोच्दा रंगशालाको निर्माणका लागी राखेको अनुमानित बजेट निकै ठुलो छ तर सबै नेपालीले साथ दिनुभयो भने यो ठुलो रकम होइन्, त्यसैले सबैको साथको अपेक्षा लिएका छौं’ सुन्तलीले भनिन् । उनले कार्यक्रम बाहेक पनि मलेसियामा रहेका अन्य नेपालीहरुलाई भेट्न पुग्ने बताइन् । ‘कसैले हामी भेट्छौं, सहयोग गर्छौ भन्नुहुन्छ भने पनि सकेसम्म सबैलाई भेट्नेछौं’ सुन्तलीले जानकारी दिइन् ।

उनले सरकारले प्रयोग गरेको छ जस्तो लाग्छ कि नाई भन्ने सञ्चारकर्मिको प्रश्नमा भन्छिन् ‘धेरैले भन्नुहुन्छ सरकारको काम किन गर्नुहुन्छ, तर हिजोको दिनमा सरकारले धेरैकाम गर्छु भनेको छ तर अहिलेसम्म हुनसकेको छैन, अर्कोकुरा सरकारले हामीलाई प्रयोग गरेको छैन मौका दिएको हो ।’ कार्यक्रममा लोक दोहोरी गायक बद्री पंगेनी, गायिका सम्झना भण्डारी र आधुनिक गीतकी गायिका मेलिना राईपनि धुर्मुस् सुन्तलीसँगै मलेसिया तर्फ प्रस्थान गरेका छन् ।

(समाचार हिमालय टाइम्स राष्ट्रिय दैनिकमा प्रकाशित छ)

video Report = Click Here

Video Interivew = Click Here