आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

विवाहित महिलाबीच आयोजना गरेको सौन्दर्य प्रतियोगितामा छिरिङ्ग डोल्मा शेर्पाले मिसेस नेपाल टुरिजम २०१९को ताज जितेकी छिन् । जमलस्थित राष्ट्रिय नाँचघरमा स्टार वन इन्टरटेनमेन्ट प्रालिले आयोजना गरेको मिसेस नेपाल टुरिजम २०१९ मा बौद्ध, फुलबारीकी छिरिङ्गले उपाधि जितेसँगै बेस्ट हेयर उपाधि पनि हात पारेकी छिन् ।

प्रतियोगितामा दमककी शिक्षिका संगीता खड्का पौडेल फस्ट रनर्सअपका साथ मोस्ट ट्यालेन्ट, एक फाइनान्स कम्पनीको मेनेजिङ डाईरेक्टर रहेकी महाराजगञ्जकी इन्दिरा लामिछाने सेकेन्ड रनर्सअप बेस्ट पर्सनालिटी, फाइनान्स अफिसर रहेकी कलंकीकी मुक्ता सेडाई थर्ड रनर्सअप र वेष्ट स्कीनकी विजेता भइन् । त्यसै गरी महाराजगञ्जकी प्रोजेक्ट इन्जिनियर संगीता गौतम पब्लिक च्वाईसका साथमा भिवर्स च्वाईस र फेसबूक च्वाईस भइन् भने रोशनी अयर युट्युब वेष्ट भ्युज र मष्ट फोटोजेनिक, नम्रता लामिछाने बेस्ट ¥यामवक, सबिता थापा गिरी, बेस्ट कन्जीनियलिटी, कर्सन राई मष्ट गर्जियस, र समिक्षा लामिछाने मिसेस व्युटिफुल भए ।

२२ माघ २०७५, मंगलवार ०७:०७