बिक्यो भन्दैमा लोकगीत सर्वाङ्ग नबनाउनुस्

गोपिकृष्ण चापागाईं/ आर्टिष्ट खबर, माघ काठमाडौं ।

राष्ट्रिय लोक सञ्चारकर्मि नेपालले आफ्नो १० औं स्थापना दिवसको अवसरमा नेपाली मौलिक गीतसंगीतको विगत वर्तमान र भविष्य बिषयक अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ । नेपाली लोकगीतको क्षेत्रमा लामोसमय देखी निरन्तर सक्रिए रुपमा लागेका र लोकगीतकै संस्थापकहरुका माझ पछिल्लो समयको लोकगीतको अवस्थाबारे खुल्ला बहस गरियो ।

कार्यक्रममा चारदशक बढी समयदेखी लोकगीतको क्षेत्रमा लागिरहेका गायक कुमार बस्नेत देखी पछिल्लोपुस्ताका गायक तथा सर्जक विमलराज क्षेत्री, एक नारायण भण्डारी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा प्रस्तोता समाजका अध्यक्ष तुलसी पराजुलीले पछिल्लो समय लोकगीत भ्युज मुखि भएको बताए । युट्युवमा भ्युज कमाउनकै लागी जस्तो प्रकारको पनि गीत बजारमा आउन थालेको भन्दै सर्जकहरुलाई सुझाव पनि दिए । ‘अहिले त युट्युवमा भ्युज आउँछ भनेर सुन्नै नसकिने शब्दका लोकगीतहरु पनि बजारमा आएका छन्, मेरो अनुरोध छ बिक्यो भन्दैमा सर्वाङ्ग नबनाउनुस’ पराजुलीले भने । उनले सरकारलाई सेन्सर बोर्ड र बिकास बोर्डको माग गरेको पनि जानकारी दिए । ‘हामीले सरकारलाई बिकास बोर्ड र सेन्सर बोर्डको माग त गरेका छौं तर कहिले हुन्छ टुंगो छैन, हामी आँफैले सेन्सर गर्न त सक्छौं नि, आफ्नो गीत आँफैले राम्रो बनाउनुपर्छ, आँफैबाट सुरु गरौं’ पराजुलीले थपे । साथै उनले बिगत लामो समयदेखी सर्जकले रोयल्टी पाउनुपर्ने भन्नेमा लड्दैआएको बताए । ‘यदि रोयल्टी ब्यवस्थापन भयो भने यहाँ सर्जकहरु ब्यक्तिगत हेलिकप्टरमा हिड्न सक्ने क्षमताका छन्’ पराजुलीले भने ।

‘‘अहिले त युट्युवमा भ्युज आउँछ भनेर सुन्नै नसकिने शब्दका लोकगीतहरु पनि बजारमा आएका छन्, मेरो अनुरोध छ बिक्यो भन्दैमा सर्वाङ्ग नबनाउनुस’’ — तुल्सी पराजुली

यस्तै सर्जक एक नारायण भण्डारीले दशक अघिका लोकगीत र अहिलेको लोकगीतमा धेरै परिवर्तन आएको बताए । उनले लोकगीत भन्दैमा पुरानै शैलीका हुनैपर्छ भन्नेमा आफु नरहेको बताए तर लोकगीतको मर्म बिर्सिनु नहुने उनको भनाई छ । ‘सुरुसुरुका लोक गीत जस्तो अहिले दर्शक श्रोतालाई मन नपर्न सक्छ, तर त्यो भन्दैमा पुरै शैली नै फरक गरेर लोकगीतलाई बिगार्नुहँुँदैन, केहि शैली परिवर्तन गर्ने तर मिठास तरिकाले गर्नुपर्छ’ भण्डारीले भने । उनले लोकगीतका सर्जकलाई एक बैज्ञानिक सरह मान्ने गरेको पनि बताए । ‘हामीलाई बिभिन्न नयाँ गीतसंगीतको सिर्जना गने भएकाले पनि बैज्ञानिक सरह मान्ने गरेको पाइन्छ त्यसैले यतिठुलो सम्मानलाई सजर्कले जस्तोपायो त्यस्तै गीत बनाएर बिगार्ने नगरौं’ भण्डारीले थपे ।

अर्का लोकप्रिय गायक बिमलराज क्षेत्रीले स्टेजमा राम्रा कलाकारलाई बोलाउन छाडेको भन्दै आफ्ना भोगाई सुनाए । ‘म कुनैपनि कार्यक्रममा जाँदा प्लेनको टिकट माग्दिन, मेरो रोजाई गाडी नै हुन्छ’ उनले भने । यस्तै उनले पछिल्लो समय एकदिन बजारमा ल्याउनासाथ जोकोहि कलाकार भएको भन्दै सञ्चारकर्मिहरुलाई पनि वास्तविक कलाकार को हुन् उनीहरु छुट्याउनुपर्ने भन्दै सुझाव दिए । ‘अहिले त एक गीत गाउनेबित्तिकै चर्चित कलाकार मानिन्छन्, वास्तविक साधना गरेको कलाकार को छ त्यो तपाईहरुले छुट्याइदिनुभयो भने पनि गीतसंगीतको क्षेत्रमा राम्रो सर्जक पछि पर्दैनन्’ सञ्चारकर्मिहरुलाई सुनाउँदै क्षेत्रीले भने । ‘भिषाका लागी कि, पैसाका लागी कि अथवा कलाकारिताकै लागी आएका छन् भन्ने सञ्चारकर्मिले बुझ्नु जरुरी छ, एक गीत गाउँने बिदेशको भिषा लगाउने अनि जाने गर्नेलाई सञ्चारमाध्यमले पनि बिचार पु¥याउनु पर्ने देख्छु’ उनले थपे ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान केन्द्रिय समितिका उपाध्यक्ष सर्जक रमेश बिजीले लोकगीत आमा जस्तो लाग्ने बताए । उनले लोकगीतलाई सधैं आमाको दर्जामा राख्ने बताए । ‘म सानो छँदा आमाले गुनगुनाएको लोकगीत सुन्दै ठुलो भएको हुँ, मलाई हाम्रो लोकगीत जहिले पनि आमा जस्तो लाग्छ, त्यसैले लोकगीत सिर्जना गर्दा धेरै कुरामा ध्यान दिन्छु’ बिजीले भने । यस्तै उनले दशक अघिका लोकगीत कै शैलीमा आजको युगका सर्जकले गीत बनाउँदा सर्जक बाँच्न गाह्रो हुने पनि बताए । ‘हामीले केहि शैली परिवर्तन गर्नैपर्छ तर समाजमा पच्नै नसक्ने प्रवृतिका होइन, लोकगीतको मर्म त हुनुप¥यो नि’ उनले भने । वरिष्ठ लोक गायक कुमार बस्नेतले पछिल्लो समय नयाँ पुस्ताले लोकगीतमा बिकृती फैलाएको भन्दै यो बिषयमा आफैले आफुलाई सुधार्नु पर्ने बताए । कार्यक्रममा लोक गायक शिव नारायण जोशी, संगीतकर्मि संघका अध्यक्ष राजेन्द्र कुमार कार्की लगायतले आफ्नो भनाई राखेका थिए ।

राष्ट्रिय लोक सञ्चारकर्मि नेपालले आफ्नो १० औं स्थापना दिवसको अवसरमा अझ बृहत कार्यक्रमको आयोजना गर्ने कोसिस गरेको तर बिबिध कारणले गर्न नसकेको भन्दै अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेको संस्थाका सचिव तथा कार्यक्रम प्रस्तोता रामनाथ घिमिरेले जानकारी दिए । यस्तै संस्थाका अध्यक्ष हरि बल्लब नेपाल र उपाध्यक्ष चन्द्रमणी गौतमले सञ्चारमाध्यमले लोकगीतलाई पु¥याएको योगदान तथा रिपोर्टिङका अप्ठ्यारा बिषयबारे जानकारी गराएका थिए ।