बिवाह गरेको चार वर्ष पछि पिता बन्दै आर्यन सिग्देल

आर्टिष्ट खबर, माघ, काठमाडौं ।

केही समयका नेपालका चर्चित अभिनेता आर्यन सिग्देल बैबाहिक जीवनमा बाँधिएको चार वर्ष भईसकेको छ । आर्यन र सपनाको वि.सं २०७१ साल वैशाख ६ गते प्रेम विवाह भएको थियो । उनीहरुले करीब ४ वर्ष प्रेम सम्बन्धलाई बिवाहमा परिणत गरेका थिए । आर्यनभन्दा ७ वर्ष कान्छी सपना आर्यनकी बिग फ्यान थिइन् ।

बैबाहिक जिवनपछि पछि खासै चलचित्र क्षेत्रमा नजमेकाआर्यन अब पिता बन्ने भएका छन् । विशेष स्रोतका अनुसार, आर्यनकी पत्नी सपना भण्डारी ७ महिनाको गर्भवती छिन् । तर खुद आर्यन र सपनाले भने माता पिता बन्न लागेको कुरा बताएका छैनन् ।

केही समय अगाडि चलचित्र 'कायरा'को ट्रेलर रिलिज कार्यक्रममा आर्यनमाथि सन्तान कहिले जन्माउने भन्ने पत्रकारले प्रश्न गरेका थिए। तर अहिले आर्यनले सबैको प्रश्नको जवाफ दिने भएका छन् । हाल आर्यन विकासराज आचार्यको नयाँ चलचित्र 'हजार जुनीसम्म' को छायांकनका लागि सिक्किम गएका छन् । उनी केही दिनमा काठमाडौं फिर्दैछन् । यसलगत्तै उनले साम्तेन भुटियाकोे एक कमेडी चलचित्र गर्ने पक्का भइसकेको छ ।