पुर्व प्रमिका दिपिकासँग एकसाथ पर्दामा देखिदै रणवीर

मुम्बई , एजेन्सी ।

बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री दीपिका पादुकोण केही समय अघि प्रेम सम्बन्धमा थिए । उनीहरुको जोडीलाई उनीहरुका फ्यान र चलचित्र क्षेत्रका अन्य सेलिब्रेटीले पनि खुब रुचाएका थिए । तर यो सम्बन्ध धेरै टिकेन । उनीहरुको सम्बन्धमा अभिनेत्री कैट्रिना कैफ तगारो बन्न पुगिन् । त्यसपछि रणवीर र कैट्रिनाको अफियर सुरु भयो । तर कैफसँग पनि रणवीरको सम्बन्ध क्षणिक समयमै सिमीत रहयो ।  आफ्नो लभलाइफलाई निकै रमाइलो बनाउदै आएकी कैट्रिनाले रणवीरबाट नराम्रोसँग धोका पाइन् ।

हाल भने रणवीर अभिनेत्री आलिया भट्ट सँग प्रेममा मग्न छन् । बलिउड चलचित्र उद्योगमा आलिया र अभिनेता रणवीरको निकै चर्चा हुने गर्छ । गत बर्षदेखि नै यो जोडी एकअर्काको प्रेममा रमाउँदै आएका छन् । आलिया र रणवीर २०१९ जनवरी १ मा नयाँ वर्ष मनाउँन अमेरिकाको न्यूयोर्क पुगेका थिए ।

अभिनेता रणवीर कपुर र अभिनेत्री दीपिका पादुकोण अभिनयका लागि निकै राम्रो अभिनय गर्ने कलाकारमा पर्छन् । उनीहरुले अभिनय गरको चलचित्रले बक्सअफिसमा निकै राम्रो व्यापर पनि गरेको छ । रणवीर र दीपिकाले ‘बच्ना ए हसिना, ए जवानी हे दिवानी, तमशा’ लगायतको चलचित्रमा एक साथ काम पनि गरेका छन् । चलचित्रको पर्दामा उनीहरुको केमेष्ट्री रुचाइएको पनि थियो । उनीहरुले फेरी एकसाथ स्क्रिन शेयर गर्ने भएका छन् । तर, यसपटक गर्न लागेको स्क्रिन शेयर चलचित्रका लागि नभएर एक ब्राण्डको विज्ञापनको लागि हो । दुईदिन अघि छायांकन सुरु भएको उक्त ब्राण्डको नाम भने खुलाइएको छैन ।

तर ठुलो पर्दामा पनि रणवीर र दीपिकाको जोडीलाई उनका फ्यानहरुले एकसाथ देख्न पाउने भएका छन् । लभ रञ्जनको निर्देशनमा बन्ने एक ‘अनटाइटल’ चलचित्रमा उनीहरु सँगै काम गर्ने समाचार बाहिरिएको छ । समाचारका अनुसार चलचित्रमा यी दुईका अलवा अभिनेता अजय देवगण पनि मुख्य भूमिकामा प्रस्तुत हुनेछन् । सन् २०१९ भित्रै छायांकन गर्ने यस चलचित्रलाई डिसेम्बर २०२० मा रिलिज गर्ने समचार भारतीय मिडियामा प्रकाशित भएको छ ।