बेलायतमै छायाँकन भएको चलचित्र ‘एटीन’ बेलायतवाटै प्रदर्शन हुदैँ

आर्टिष्ट खबर, माघ, काठमाडौं ।

सम्पुर्ण छायाँकन बेलायतमै भएको नेपाली कथानक चलचित्र 'एटीन'को सार्वजनिक प्रदर्शन बेलायतवाटै हुने भएको छ। बेलायतको ह्यारोस्थित सफारी सिनेमा हलवाट चलचित्रको सार्वजनिक प्रदर्शन हुने भएको हो। चलचित्र यही आउने फरवरी २४ का दिन ह्यारोस्थित सफारी सिनेमा घरमा सम्पूर्ण कलाकार सहित भव्य प्रिमियर हुने जानकारी चलचित्रका सशक्त अभिनेता सनम कुमार वैरागले बताएका छन् । प्रेमिस भिजनको ब्यानरमा निर्माण भएको चलचित्रलाई चलचित्रकर्मी प्रेम लामाले निर्देशन गरेका हुन्। लामाले यसअघि बेलायतबाटै तीन चलचित्र निर्माण एवं निर्देशन गरिसकेका छन्।

चलचित्रमा नेपालबाट बेलायत आएर ‘सेटल’ भएको पहिलो पुस्ता र बेलायतमै जन्मी–हुर्किएको दोस्रो पुस्ता बीच ‘जेनेरेशन ग्याप’, मनोविज्ञान, त्यसबीच उब्जने उतारचढाव र सामाजिक सन्देश देखाउन खोजिएको निर्देशक लामाले बताउनु बताएका छन।

तारा देवी लामा र पेमा डोल्करको संयुक्त लगानीमा निर्मित चलचित्र एटीनमा प्रसुना कंडेल, राजदिप राई, अम्बिका राई, सनम कुमार वैराग, रितेश चाम्स लगायत नेपाली समुदाय बाहिरका क्रिश एपलटन, राजा मिया, स्टेफनी सान्चेज र मिली एन्डरसनको पनि अभिनय छ। संगीत चन्द्र कुमार डोङ र तारा प्रकाश लिम्बु, स्वर निर्मला घिसिङ र तारा प्रकाश लिम्बु, शब्द चन्द्र कुमार डोङ र अन्जु श्रेष्ठ, ब्याकग्राउण्ड साउण्ड डिजे एल,एक्स,पौडेल, सम्पादन किरण राज थापा, छायांकन कुशल श्रेष्ठ र अरोण अशोक कुमारको रहेको छ।