‘एभेरेष्ट इन्टरनेशनल फिल्म अवार्ड २०१९’ हङकङमा

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

हङकङमा सन् २०१९ को जुनमा नेपाली फिल्म अवार्ड हुने भएको छ । एभरेष्ट इन्टरटेन्मेन्ट प्राइभेट लिमिटेडको आयोजनामा हुन लागेको ‘एभेरेष्ट इन्टरनेशनल फिल्म अवार्ड २०१९’ मा २० विधामा पपुलर अवार्ड प्रदान गरिनेछ । सन् २०१८ मा रिलिज भएका नेपाली फिल्महरुले यो अवार्डमा सहभागीता जनाउन पाउनेछन् , जसमा तिन विधा आदिवासी फिल्मको पनि रहनेछन् । यसका साथै एक फिल्मकर्मीलाई लाइफ टाइम अचिभमेन्टद्वारा सम्मान पनि गरिनेछ । तिन हजार पाच सय दर्शक क्षमता भएको हङकङको वानचाई स्थित ‘क्विन एलिजावेथ स्टेडियम हल’मा यो अवार्ड आयोजना हुनेछ । आउदो मार्चमा नोमिनेशन सर्वाजनिक गर्दै अवार्ड हुने डेट पनि सार्वजनिक गरिनेछ । पपुलर अवार्ड भएकाले यसको अन्तिम निर्णय पपुल्यारिटीसँगै जुरीमा समेत रहनेछ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै घोषणा गरिएको अवार्ड कार्यक्रममा एभेरेष्ट फिल्म एकेडेमीका चेयरम्यान सुनिल थापा , चलचित्र संघका अध्यक्ष प्रदीपकुमार उदय , चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी , चलचित्र प्राविधिक संघका आध्य्क्षा पुष्कर लामा , वितरक गोपाल कायस्थ , निर्माता तथा हल संचालक प्रदीप दाहाल , निर्देशक तथा पत्रकार डब्बु क्षेत्री , अभिनेता गौरव पहाडी , अभिनेत्री अरुणा कार्की लगायतको उपस्थिति रहेको थियो । अवार्डको लागि हङकङ आयोजक टिमको रुपमा स्थानीय वकिल तथा विजनेसम्यान गौरव बम ठकुरी ,मिस नेपाल हङकङ सोसाइटी र बडीबिल्डिङ एसोसिएसन हङकङका अध्यक्ष लोकराज लिम्बु, मिस नेपाल हङकङ सोसाइटीकि उपाध्यक्ष लिलेश्वरी खड्का, योगा ट्रेनर तथा बिजनेसम्यान सञ्जु भट्ट , मिस नेपाल हङकङ सोसाइटीकि कोर्डीनेटर शान्ति नेपाली , मिस नेपाल हङकङ सोसाइटी सेक्रेटरी मनिष लिम्बु , लक्ष्मी चन्द , सुयोग शाक्य , रेवती खड्का , रोशनी श्रेष्ठ , रेविका राइ , विष्णु पुन र राकेश लिम्बु रहेका छन् ।

यो टिम अन्तर्गतको एभरेष्ट इन्टरटेनमेन्टले हङकङको सम्पूर्ण व्यवस्था हेर्नेछ भने नेपालमा संगीक्षा फिल्म्स प्रालिको तर्फबाट अध्यक्ष मनोज केसीले अवार्ड कार्यक्रम कोर्डिनेट गर्नेछन् भने यसलाई सञ्चारकर्मी नरेश भट्टराईले संयोजन गर्नेछन्। यसैगरी निर्णायक मण्डलमा मध्यका एक सदस्य कलाकार सुनिल थापा रहेको कार्यक्रममा जनाइयो । उपस्थित सम्पूर्णले अवार्ड कार्यक्रमलाई सफलता शुभकामना दिएका थिए । नेपालबाट ६० जना कलाकार, प्राविधिक, पत्रकारको टोली अवार्डमा सहभागी हुनेछन् भने यसको सम्पूर्ण खर्च आयोजकले नै बेहोर्नेछ भने फर्म समेत निशुल्क रहेको छ ।

लोकराज लिम्बु स् हामीले अवार्डमा कुनै हस्तक्षेप गर्ने छैनौ । अवार्डमा सम्पूर्ण निर्णय जुरीको नै हुनेछ । हामीले एउटा स्तरीय अवार्ड शो गर्ने मनसायका साथ् थालनी गरेका हौ । अवार्डमा सहभागी हुने सम्पूर्णले केहि खर्च गर्नु पर्नेछैन , नेपाल एअरपोर्ट बाट हङकङको बसाइ र फेरी नेपाल एअरपोर्टसम्मको सम्पूर्ण दायित्व हाम्रो रहनेछ । हामी परदेशमा रहेता पनि नेपाली फिल्म र गीतसंगीतलाई निकै माया गर्छौ । त्यसैले एउटा राम्रो कार्यक्रम गरेर देखाउ भनेर हामी अग्रसर भएका हौ । म संगै हाम्रो टिम हुनुहुन्छ , र हामीले देखेको कार्यक्रम गर्न सक्छौ भन्ने आत्मविश्वास छ ।

मनोज केसी: यो अवार्ड मेरो लागि अवसरसँगै चुनौती पनि हो । पछिल्ला कमीकमजोरीलाई भुलाउदै एउटा ऐतिहासिक काम गर्नु छ । यसमा हाम्रो दायित्व भनेको समायोजनको मात्र रहेको छ । यसैले गर्दा पनि जुरी मार्फत आएको उत्कृष्ट ५ मा पर्ने सबैलाई हामी अवार्डमा लाग्नेछौ । अवार्ड कार्यक्रममा लोकप्रिय अनुहारहरुको उपस्थिति रहनेछ । मैले आन्तरिक रुपमा कलाकारहरुसँग कुरा गरिरहेको छु । अवार्ड कार्यक्रम एउटा भव्य र सभ्य हुनेछ । सन् २०१८ मा रिलिज भएका सम्पूर्ण फिल्मकर्मीलाई यसमा सहभागी हुन् अनुरोध गर्छु , उहाहरुले फर्म भरे पुग्छ कुनै शुल्क लाग्नेछैन ।

नरेश भट्टराई : हामीले विदेशी भूमिमा नेपाललाइ चिनाउने र थोरै भएपनि टेवा पुग्ने अभिप्रायले गर्दा नै यसको नाम नै एभेरेष्ट इन्टरनेशनल नेपाली फिल्म अवार्ड राखेका छौ । यसमा सहभागी हुनेले कुनै शुल्क तिर्नु पर्नेछैन तर फर्म भने भर्नु पर्ने हुन्छ , जुन हामी निशुल्क प्रदान गर्नेछौ । हामीले नोमिनेशन यहि आउदो मार्चमा सार्वजनिक गर्दैछौ , त्यसमा नै हामी लाइफटाइम अचिभमेन्ट अवार्डको पनि घोषणा गर्नेछौ । नेपाली अवार्ड अन्तराष्ट्रिय भूमिमा यति सम्म पनि हुन्छ भनेर देखाउने हाम्रो कोसिस छ । आश छ , हामी हाम्रो टिमवर्कले यसमा सफल हुनेछौ ।