जापानको टोकियोमा ‘क्याप्टेन’को रिलिज डेट कनर्फम

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

फागुन १७ गतेबाट देशभर रिलिज हुने चलचित्र ‘क्याप्टेन’ मार्फत् सुपरस्टार अनमोल केसी करीब एक वर्षको अन्तरालमा पर्दामा देखिदैछन् । चलचित्रको घोषण गरिएदेखिनै उच्च चर्चामा रहदै आएको यस चलचित्रमा अनमोल एक फुटबल खेलाडी इशानको भूमिकामा देखिनेछन् ।

केही दिन अगाडि मात्र सार्वजनिक गरिएको ट्रेलरले दर्शकलाई चलचित्रका लागि थप उत्सुक बताएको छ । ट्रेलर सार्वजनिक भए लगत्तै हाल अभिनेता अनमोलको अभिनय सँगै चलचित्र मेकिङलाई सर्वाधिक मनपराइएको पाइएको छ । त्यस्तै केही समय अघि ट्रेलर सार्वजनिक भएको चलचित्रमा समावेश 'रहर छ सँगै’ बोलको गीतले पनि चौतर्फी चर्चा बटुलेको छ । सो गीत टिकटकमा समेत हिट छ । ट्रेलर र गीतले चलचित्रको विदेशमा पनि माग बढ्न थालेको छ ।

चलचित्रका निर्माता भुवन केसीले नेपाल प्रदर्शन हुनु अगाडी नै महँगोमा विभिन्न देशकालागि चलचित्रको प्रदर्शन अधिकार विक्री गरिसकेका छन् । सुवास लामिछानेले डेस्टिनी क्रियशनसँग सहकार्य गरेर प्रदर्शन गर्न लागेको चलचित्र नेपालमा रिलिज भए लगत्तै जापानको टोकियोमा मार्च १७ मा रिलिज हुने कनर्फम भएको छ ।

लेखक तथा निर्देशक दीवाकर भट्टराई रहेको चलचित्रमा प्रियंका एमभी र उपासना सिंह ठकुरी अनमोलको अपोजिटमा छन् । सामिप्यराज तिमल्सिनाको पटकथा रहेको यस चलचित्रमा सुनिल थापा, प्रशान्त ताम्राकार, सरोज खनाल, विल्सन विक्रम राई, राजाराम पौडेललगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।