मुख्यमन्त्री विष्टले रुचाए ‘सयकडा दश’

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

चलचित्र ‘सयकडा दश’ समिक्षात्मक कोणमा रुचाइएको छ । प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको यस चलचित्रलाई अहिले कर्मचारी र उच्च पदस्थ कर्मचारीले हलै बुकिङ गरेर हेर्ने क्रम बढ्दो छ । ३ नम्बर प्रदेशको राजधानी हेटौंडामा बिहिबार मुख्यमन्त्री डोरमणी पौडेलले मन्त्रीपरिषदका अन्य सदस्यसँगै बसेर चलचित्र हेरे । पौडेलसँगै कर्मचारी, सेना, प्रहरी, पत्रकारले पनि चलचित्र हेर्नं साथ दिए । चलचित्र हेरिसकेपछि मुख्यमन्त्री पौडेलले निर्माता र टीमलाई बधाइ दिए ।  उनले चलचित्र मार्फत समाज सुधारमा योगदान दिएको भन्दै निर्माता र टीमलाई बधाइ दिएका हुन् । प्रदेश सांसद मुनु सिग्देल, सचिव आनन्दराज ढकाल, प्रदेश अख्तियार प्रमुख हुमकला पाण्डेले पनि युवालाई फिल्म हेर्न आग्रह गरे । बिहिबार काठमाडौंमा बरिष्ठ हाँस्य कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले पनि चलचित्र हेरे । उनीहरुले सयकडा दश भ्रष्टाचारविरुद्ध सशक्त उभिएको टिप्पणी गरे ।

बुधबार भरतपुरमा मेयर रेणु दाहाल लगायतले पनि चलचित्र हेरेका थिए । चर्चित कमेडियन तथा अभिनेता मनोज गजुरेलको डेब्यु चलचित्र ‘सयकडा दश’मा गजुरेलको अलवा राजाराम पौडेल, अमृत ढुंगाना, करुणा श्रेष्ठ, अमित पोखरेल, सोनिया राई, उत्सव न्यौपानेको अभिनय रहेको छ । चलचित्रको कथा निर्देशक रामशरण पाठकले लेखेका हुन् । दर्शन नेपाल क्रिएसनको ब्यानरमा निर्माण गरेको चलचित्रमा रज्जु प्रधान, उत्तम खत्री, डीआर उपाध्याय,संजीव न्यौपाने निर्माताको रुपमा रहेका छन् ।