‘अदालत’को रोमान्टिक गीत ‘मिठो बोली’ सार्वजनिक (भिडियो)

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

चलचित्र ‘अदालत’मा समावेश रोमान्टिक ‘मिठो बोली’ बोलको गीत सार्वजनिक भएको छ । फागुन २४ गतेबाट सार्वजनिक प्रर्दशनमा आउने यस चलचित्र यो गीतमा सुसन साम्सोहाङ र मेनुका राईको स्वर छ ।  दिनेश लिङ्देनको शब्द र रोशन वान्तवा राईको संगीत रहेको गीतमा दिनेश माङ्मुको कोरियोग्राफी छ ।

एलिना बासकोटा, मदन भुजेललगायत फिचर्ड रहेको गीत भिडियो लाई शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा नेकपा संसदीय दलका नेता देव गुरुङले सार्वजनिक गरे । नेता गुरुङले चलचित्रले सकारात्मक कथा बोक्नेमा आफु आशावादी रहेको बताए । कार्यक्रममा नेता गुरुङले मिस नेपाल हङकङ सोसाइटी र बडीबिल्डिङ एसोसिएसन हङकङका अध्यक्ष लोकराज लिम्बुलाई सम्मान गरेका थिए । चलचित्रका लेखक तथा निर्देशक दिनेश लिङ्देनले समाजमा घटिरहेका हत्या, हिंसा, बलात्कार, अवैध धन्दाजस्ता आपराधिक एवं संवेदनशील घटनाका विरुद्धको न्यायको कथालाई देखाइएको बताए ।

फाल्गुनन्द लिङ्देन फिल्मस्को व्यानरमा निर्माण भएको यस चलचित्रमा एलिना बास्कोटा, राजकुमार अधिकारी, मदन भुजेल, रुद्र पाहिम लिम्बु, शान्ति लामा, मेखबहादुर मगर, उदय सुब्बा, प्रेम आले, दिपक क्षेत्री, राजु घिमिरे, दिलिप ठकुरी, पुन्य ओझा, अजय खडका आदिको मुख्य भुमिका रहेको छ । मदन, राजकुमार, रुद्र र शान्तिले यसै चलचित्र बाट डेब्यु गरेका हुन् ।

कविता राई लिङ्देन निर्मात्री रहेको चलचित्र डा. डिजन भट्टराईको गीत, रोशन बान्तवा राईको संगीत, दिनेश माङमुको नृत्य, राजु किराँतीको द्वन्द्व, विक्रम डिसिको छायांकन छ । चलचित्रमा बसन्त थेवे कार्यकारी निर्माता, मेखबहादुर मगर सह–निर्माता र आरपी दाहाल प्रस्तुतकर्ता छन् ।

song: