‘समर लभ’लाई दर्शकको साथ, हल-हलमा पुगे नायक नायिका (भिडियो रिपोर्ट)

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

गएको शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘समर लभ’ले शनिबार पनि दर्शकको राम्रो साथ पाइरहेको छ । सुविन भट्टराईद्धारा लिखित चर्चित उपन्यास समर लभमा आधारीत यो चलचित्रका मुख्य कलाकार र निर्माण टिम शनिबार राजधानीका ठुला हल गोपिकृष्ण र अष्ट नारायणमा दर्शकको प्रतिक्रिया बुझ्न पुगेका थिए ।

दिउँसो बालाजु बाइपासस्थित अष्ट नारायण हलमा पुग्दा दर्शकले नायक आशिष पिया र नायिका रेवती क्षेत्रीलाई सेल्फि खिच्नका लागी घेरेका थिए । उनीहरुले दर्शकसँग प्रत्यक्ष प्रतिक्रिया पनि बुझेका थिए । दुबै जनाले दर्शकको साथले आफूहरु खुसी रहेको बताए । यस्तै चलचित्रका निर्देशक मुस्कान ढकालले दुईदिनको बर्षातले केहि प्रभाव पारेपनि हलमा दर्शकको राम्रो उपस्थिती रहेको बताएका छन् । उनले पहिलो दिन पछिको ‘माउथ पब्लिसिटी’ले राम्रो काम गरेको बताएका छन् ।

खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारीको निर्माणमा बनेको चलचित्रका कार्यकारी निर्माता बिनोद अधिकारी हुन् ।  एकराज तामाङ लाइन प्रोड्यूसर रहँदा सहनिर्मातामा सोपन सरकार र मनोज बिक छन् । ‘समर लभ’को स्कृनप्ले सामिप्यराज तिमिल्सेनाले लेखेका छन् भने संवादमा सामिप्यसँग सुबिनले सहकार्य गरेका छन् । अर्जुन जिसीको सम्पादन, सञ्जय लामाको छायाँकन रहेको चलचित्रमा आशिष र रेवतीसँगै सुरजसिंह ठकुरी, नम्रता सापकोटा, सरोज खनाल, शिशिर भण्डारी, ओमप्रतिक लगायतको पनि  अभिनय रहेको छ ।

भिडियो रिपोर्ट हेर्नुहोस्:

Photos: