अनमोल र सुहानाको ‘ए मेरो हजुर ३’ को टिजर सार्वजनिक (Teaser)

आर्टिष्ट खबर/ माघ, काठमाडौं

प्रतिक्षीत चलचित्र ‘ए मेरो हजुर ३’ को अफिसियल टिजर सार्वजनिक भएको छ । सुपरस्टार अनमोल केसी र सुहाना थापा अभिनित चलचित्रको टिजर आज निर्माण टिमले बसन्त पञ्चमीको अवसर पारेर सार्वजनिक गरेका हुन् । सुहानाले यस चलचित्र मार्फत नेपाली चलचित्रमा डेब्यू गरेकी हुन् । अनमोल र सुहानाको प्रेम कथा वाचन गर्ने यस चलचित्रलाई झरना थापाले निर्देशन गरेकी हुन् । म्युजिकल लभस्टोरी फ्लेवरको चलचित्र चैत २९ गतेबाट देशैभर प्रदर्शनमा आउनेछ । सुनिल कुमार थापाले निर्माण गरेको यस चलचित्रमा अनमोल र सुहानाको अलवा सलोन बस्नते, अर्पण थापा, रबिन्द्र झालगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।  निर्देशक थापा र सुमन पौडेलको कथा रहेको चलचित्रमा सञ्जय लामाको छायांकन र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको छ ।

फागूण १७ गतेबाट प्रर्दशनमा आउने अनमोल अभिनित अर्को चलचित्र 'क्याप्टेन'को प्रर्दशन अगावै यस चलचित्रका निर्माता सुनिल कुमार थापाले  'ए मेरो हजुर ३' को टिजर सार्वजनिक गरेका हुन् । चैत्रको २९ गते ‘ए मेरो हजुर ३’ प्रर्दशनमा आउँछ भन्नेमा थोरै मात्र मानिस विश्वस्त छन् । त्यसैले दोधारे अवस्था रहेको कारण निर्माताले टिजर सार्वजनिक गरेर चलचित्र निर्धारित मितिमा नै आउँछ भन्ने बिश्वास दिलाउन खोजेका हुन्।

हतारिएर टिजर सार्वजनिक गर्नुको कारण अनमोल केसी हुन् । आफ्नो चलचित्र कम्तिमा पनि ६ महिनाको अन्तरमा मात्र  लिएर आउने भनेका अनमोलले यसपटक भने डेढ महिनाको अन्तरमा २ चलचित्र 'क्याप्टेन' र 'ए मेरो हजुर ३’ लिएर आउँदैछन्। नेपाल र अमेरिकामा छायांकन गरिएको चलचित्रको टिजर सार्वजनिक भएको एक सातामै सुहानाको सोलो नृत्य रहेको एउटा गीत सार्वजनिक गर्ने तयारी रहेको निर्माण पक्षले बताएका छन् । चैत्र २९ गते नै अभिनेता सलिनमान बनियाँ  मुख्य भूमिकामा रहेको अर्को चलचित्र ‘यात्रा’ पनि प्रर्दशनमा आउँदैछ ।

Teaser: