‘मिनी किड्स मन्टेश्वरी’ उद्घाटन गर्दै अभिनेत्री खुश्बु खड्का

आर्टिष्ट खबर/ माघ, काठमाडौं

देशमा सक्षम नागरिक उत्पादनका लागि अभिनेत्री खुश्बु खड्काले मन्टेश्वरी शिक्षाको भुमिका महत्वपुर्ण हुने बताएकी छन् । काठमाडौं महानगरपालिका वाड नंं २ लाजिमपाट अवस्थित ‘मिनी किड्स मन्टेश्वरी’ उद्घाटन गर्दै अभिनेत्री खड्काले सो बताएकी हुन् ।

‘मन्टेश्वरीमा बालबालिकाको रुचि र चाहना अनुसारको शिक्षा हुने भएकोले अबको दिनमा यो अनिबार्य छ’ अभिनेत्री खड्काले भनिन् ‘यसमा उनीहरुले खेल्दा खेल्दै धेरै कुरा सिक्न सक्छन् ।’ घर बलियो बनाउन जसरी त्यसको जग बलियो आवश्यक छ । त्यस्तै सक्षम मानिस उत्पादनका लागि मन्टेश्वरी शिक्षा भएको खड्काको भनाई रहेको थियो ।

सरस्वती पुजाको अवसर पारेर आज आइतबारबाट संचालनमा आएको  ‘मिनी किड्स मन्डेश्वरी’ रश्मी गुरुङले संचालनमा ल्याएकी हुन् । जसको उद्घाटन अभिनेत्री खुश्बुसँगै, काठमाडौं महानगरपालिका वाड नंं २ अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ,  समाजसेवी हिराकाजी श्रेष्ठ,  एमपी भुषाल, बिक्रम बिष्ट लगायतले रिवन काटेर गरेका थिए । कार्यक्रममा वडा अध्यक्ष श्रेष्ठले बालबालिकाको बिकाशका लागि मन्टेश्वेरीले खेल्ने भुमिकाको चर्चा गरे । उनले मन्टेश्वेरीको शिक्षा र त्यसको बातावरणले बालबालिकाको भबिश्य कता जान्छ भनेर अनुमान गर्न सकिने बताए ।

व्यक्तिगत, पारिवारिक र संस्थागत रुपमा शिक्षा मात्र नभई संरक्षण, पोसण र स्याहार सुसारको वातावरणमा शिक्षा दिनुपर्छ भन्ने उदेश्यका साथ आफुले मन्टेश्वरी संचालनमा ल्याएको मन्टेश्वरीका संचालक रुश्मी गुरुङले बताइन् । शिक्षण विधि मन्टेश्वरी विधिबाट अध्यापन गराउने भएकोले मन्टेश्वरीले बालबालिकाको जीवनमा सकारात्मक परिवर्तन गर्ने गुरुङको भनाई रहेको थियो ।

अभिभावकहरु व्यस्त हुँदा बालबालिकाहरुको उपयुक्त हेरचाह गर्ने स्थानको रुपमा फस्टाउँदै गएको मन्टेश्वरी अहिले धेरै अभिभावकहरुको रोजाईको ठाउँ बनेको धेरै कार्यक्रममा बोल्ने धेरै बक्ताहरुको भनाई रहेको थियो । उद्घाटन कार्यक्रममा बिभिन्न गीतसंगीतका साथै आकर्षक नृत्यहरु समेत रहेका थिए ।