संयूक्त नाम जुराएर वर्षा र संजोगले औंठी साटे

आर्टिष्ट खबर, माघ, काठमाडौं ।

आउँदो फागुन २ गते 'प्रेम दिवस'को दिन अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइरालाले ७ वर्ष लामो प्रेम सम्बन्धलाई  बिवाहमा परिणत गर्ने भएका छन् । उनीहरुले बिवाहको शुरुवात गरिसकेका छन् । दुबै परिवारको उपस्थितिमा सोमवार उनीहरुले एकअर्कालाई औंठी लगाईसकेका छन् । यो जोडीको बिवाह २०७५ को सबैभन्दा प्रतिक्षीत बिवाह बनेको छ । यो जोडीले आफूहरुको संयूक्त नाम समेत जुराएर आफूहरुको संयूक्त नाम ‘सन्सा’ राखेका छन् । यस अघि प्रियंका र आयुष्मानले पनि आफूहरुको संयूक्त नाम 'आयंका' राखेका थिए ।

वर्षा र संजोग दुबैले इन्गेजमेन्टको फोटोहरु आ-आफ्नो  फेसबुकमार्फत सार्वजनिक गरेका छन् । उनीहरुले फेसबुकमा एउटै क्यापसन लेख्दै फोटो अपलोड गरेका छन् । ‘हरेक सुन्दर कहानीमा हाम्रो कहानी उत्कृष्ट छ ।’

केही हप्ता अघि आफ्नो आधिकारिक फेसबुकमा डिजाइन गरिएको बिवाहको कार्ड पोष्ट गर्दै बर्षा र संजोगले आफुहरु बिवाह बन्धनमा बाँधिन लागेको जानकारी गराएका थिए । उक्त पोष्टमा उनीहरुलाई सहकर्मी तथा चलचित्रकर्मीहरुले धमाधम बधाई तथा शुभकामना बर्षाएका थिए । अहिले पनि उनीहरुको इन्गेजमेन्टको फोटोमा चलचित्रकर्मी तथा शुभचिन्तकहरुको बधाई तथा शुभकामनाको ओहिरो  लागेको छ ।

यो जोडीले चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ मा एकसाथ काम गरेका छन् । पछिल्लो समय चलचित्र 'कथा काठमाण्डू'मा अभिनय गरेका हुने वाला बेहुला अभिनेता संजोग अक्कलझुक्कल मात्र चलचित्रमा देखिने गर्छन् । उनले 'कथा काठमाण्डू' पछि चलचित्रमा काम गरेका छैनन् । हाल वर्षाको भने नयाँ चलचित्र 'गोपी' प्रदर्शन भइरहेको छ । चलचित्रले दोस्रो सातामा प्रवेश गरिसकेको छ । यसअघि उनको 'चौका दाउ' प्रदर्शनमा आएको थियो । अहिले पनि उनी 'जात्रै जात्रा' मा व्यस्त छिन् । अभिनेत्री वर्षाले विवाहपछि पनि चलचित्रमा यसैगरी सक्रिय रहने बाचा गरेकी छन् ।