‘भ्यालेन्टाईन डे’ मा प्रदीप र जसिताले दर्शकलाई ‘घाम जुन’ उपहार दिने

आर्टिष्ट खबर, माघ, काठमाडौं ।

यस बर्षको प्रेम दिवस (भ्यालेन्टाईन डे)मा अभिनता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङले आफ्ना दर्शकलाई घाम जुन उपहार दिने भएका छन् ।  चलचित्र ‘लभ स्टेशन’को पहिलो गीत ‘चाहिँदैन घाम जुन’ को भिडियो दर्शकलाई भ्यालेन्टाईन उपहारको रुपमा प्रेम दिवसकै दिन बुढा सुब्बा डिजिटलबाट प्रदीप र जसिताले पस्कन लागेका हुन् । नयाँ वर्षको अबसर पारेर यी जोडीको नयाँ फिल्म लभ स्टेशन आगामी २२ चैतबाट देशव्यापी सिनेमा हलमा रिलिज हुँदैछ ।

छायाँकनका लागि भियतनामको विश्वभर चर्चित लोकेशनमा गत साता छायाँकन गरिएको यो गीतको भिडियो अभिनेता प्रदीप र अभिनेत्री जसिताको अहिलेसम्मकै सुन्दर स्थानमा छायाँकन गरिएको भिडियो सावित हुने विश्वास गरिएको छ । गीत सुगम पोखरेल र रेश्मा पुनमगरले गाएका हुन् । जसमा दीपक शर्माको शब्द संगीत रहेको छ । गीत रिलिजको काउन डाउन बुढा सुब्बा डिजिटलबाट सुरु गरिसकिएको छ । गीतसँगै भिडियो पनि उत्कृष्ट बनेको यसका प्रस्तुतकर्ता गोविन्द शाहीले बताएका छन् ।

चलचित्रमा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ । उज्ज्वल घिमिरेले निर्देशन गरेको यो चलचित्र  काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । यो चलचित्रको निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन्  ।  आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ ।