सन्ध्या केसीले हात पारिन ‘सुपर प्लस साइज मोडल ’ को उपाधि

आर्टिष्ट खबर, माघ, काठमाडौं ।

सन्ध्या केसीले दोस्रो संस्करणको ‘सुपर प्लस साइज मोडल नेपाल २०१९’ को उपाधि हात पारेकी छिन् । राष्ट्रिय नाँचघरमा सम्पन्न प्रतियोगीतामा सन्ध्याले शीर्ष ताजसँगै ५० हजार रुपैंयाँ र विभिन्न उपहारसँगै अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘टप अफ द वल्र्ड प्लस साइज २०१९’ मा सहभागिताको अवसर पाएकी छन् ।

प्रतियोगितामा नेहा गिरी ‘फस्र्ट रनर अप’ हुँदा उनले ३० हजार रुपैंयाँसँगै ‘वल्र्ड टप प्लस साइज २०१९’मा सहभागिताको अवसर पाइन् । त्यस्तै आशा चौधरीले ‘सेकेन्ड रनर अप’ सँगै २० हजार रुपैयाँ पाइन् ।

ओमानियाको प्रस्तुतीमा शारीरिक वजन बढी भएका महिलाहरूको लागि मोडल सङ्स नेपालले आयोजना प्रतियोगितामा नेपाल महिला च्याम्बरकी अध्यक्ष तथा साल्ट ट्रेडिङ कर्पोरेशनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठ प्रमुख अतिथि थिइन् । प्रतियोगितामा गायक सिताराम पोखरेल, अभिनेत्री सुष्मा कार्की, नायक तथा कोरियोग्राफर गजित बिष्ट, सौन्दर्य व्यवसायी रेखा मोदी मित्रुका, निर्देशक योगेश घिमिरे र समाजसेवी तथा महिला व्यवसायी शर्मिला सुब्बा निर्णायक थिए ।