छोटो समयअवधिमा ‘घर’ को छायांकन सम्पन्न

आर्टिष्ट खबर, माघ, काठमाडौं ।

अभिनेता तथा निर्देशक अर्पण थापा निर्देशित हरर चलचित्र ‘घर’ को छायांकन सोमवार सम्पन्न भएको छ । छोटो समयअवधिमा चलचित्रको छायांकन सम्पन्न भएको हो । २० दिनमै छायांकन सकिएको ‘घर’ उत्कृष्ट बनाएको चलचित्रकी निर्मात्री शर्मिला पाण्डेले बताएकी छिन् । त्यसैगरी चलचित्रका प्रस्तुतकर्ता दिपेन्द्रले चलचित्रले दर्शकलाई तर्साउने बताएका छन् । चलचित्रकालागि धेरै कुरामा मिहिनेत गरेको उनले बताए ।

अर्पण स्वयंको कथामा आधारित यस चलचित्रको छायांकन काठमाण्डौको बुढानिलकण्ठ आसपासमा गरिएको छ । निर्देशक थापाकै मुख्य भूमिका रहेको चलचित्रमा उनलाई दुई अभिनेत्री बेनिशा हमाल र सुरक्षा पन्तले साथ दिएका छन् । चलचित्रमा अस्मिता खनालको पनि अभिनय रहेको छ । डीएस डिजिटलको ब्यानरमा निर्माण गरिएको चलचित्रमा दीपेन्द्र के खनाल र सुरज पाण्डे प्रस्तुतकर्ता रहेका छन् । निरज कँडेलको छायांकन रहेको चलचित्रको प्रदर्शन मिति केही दिनमा तोकिने निर्देशक थापाले जानकारी दिए ।