गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला अभियान: पहिलो बिदेश कार्यक्रम सफल

आर्टिष्ट खबर/फागुन,काठमाडौं

धुर्मुस सुन्तली फाउण्डेशनले चितवनको भरतपुरमा निर्माण गर्ने भनिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सहयोगार्थ मलेसियामा आयोजीत कार्यक्रम सम्पन्न भएको छ । एक साता लामो कार्यक्रम पछि फाउण्डेशनका सिताराम कट्टेल (धुर्मुस्) र कुन्जना घिमिरे (सुन्तली) सहित अन्य कलाकार सोमबार साँझ नेपाल फर्किएका छन् ।

राती ९ बजेर ४० मिनेट जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा अवतरण गरेका धुर्मुस् सुन्तलीले मलेसियामा भएका कार्यक्रममा नेपालीहरुको राम्रो साथ पाएको बताए । ‘हामीले जुन रुपले सोचेर गएका थियौं, त्यो भन्दा राम्रो साथ पायौं, सबैजना क्रिकेट रंगशाला बनाउनेमा सकारात्मक हुनुहुन्छ, निकै खुसी छौं’ धुर्मुस्ले सञ्चारकर्मिहरुसँग भने । यस्तै उनले कार्यक्रम बाहेक पनि ब्यक्तिगत रुपमा आर्थिक सहयोग गर्ने पनि धेरे भेटिएको जानकारी दिए । क्रिकेट रंगशाला निर्माण घोषणा पुर्वनै तय भएको कार्यक्रम भएकाले अझ धेरै नेपाली दर्शक आउन नसकेको सुन्तली बताउँछिन् । उनका अनुसार सिटी एक्सप्रेसले यस कार्यक्रम रंगशाला घोषणा अघिनै तय गरिसकेको थियो ।

धुर्मुसुले मलेसियाको कार्यक्रमबाट उठेको रकम छिट्टै नै सार्वजनिक गर्ने जानकारी दिए । ‘हामी मलेसियाबाट कति उठेको छ भन्नेकुराको हिसाब केहि दिनमा फाउण्डेशनको फेसबुक पेज मार्फत जानकारी गराउँनेछौं’ उनले भने । मलेसियाको क्वालालम्पुरमा ब्यावसाय गर्दै आएका इश्वर श्रेष्ठले आफ्नो ब्यक्तिगत तर्फबाट २ लाख २२ हजार २ सय २२ रुपैंया सहयोग गरेको फाउण्डेशनको पेजमार्फत अपडेट गरिएको छ ।

कार्यक्रममा सँगै प्रस्तुती दिएका लोक गायक बद्री पंगेनीले पनि धुर्मुस् सुन्तलीको नेतृत्वमा किक्रेट रंगशाला निर्माण हुनेमा आशावादी रहेको बताए । उनले पछिल्लो समय सामाजिक सञ्जालमा केहि भ्रामक फैलाउने ब्यक्तिहरुलाई सचेत पनि गराए । ‘राम्रो राम गर्ने ठाउँमा अलिअलि टिका टिप्पणी हुन्छ, त्यसले गर्दा काममा झन् इनर्जी ल्याउँछ’ बद्रीले धुर्मुस् सुन्तलीलाई हौसला बढाए । उनले मलेसियामा भएका कार्यक्रमहरुमा रंगशाला निर्माण प्रति प्रवासमा रहेका नेपालीहरुको चासो देखेर खुसी लागेको बताए । कार्यक्रममा धुर्मुसु सुन्तली र बद्री पंगेनी सँगै गायिका मेलिना राई र सम्झना भण्डारीले पनि प्रस्तुती दिएका थिए ।