आर्टिष्ट खबर/फागुन,काठमाडौं

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले आगामी साउन १८–२० गते छैटौंँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन बेलायतमा आयोजना गर्ने भएको छ । अनेसासका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले सो निर्णय गरेको हो ।

सम्मेलनको सम्पूर्ण तयारी अनेसास बेलायत शाखाले गर्ने जिम्मेवारी लिएको छ । बेलायतले यसअघि पनि दोस्रो सम्मेलन सम्पन्न गरिसकेको छ । अनेसास बेलायतका अध्यक्ष सुमलकुमार गुरुङको संयोजकत्वमा सम्मेलन तयारी शुरु भएको छ ।

सबै महादेशका प्रतिनिधिको सहभागिता रहने सम्मेलनमा विभिन्न कार्यपत्र प्रस्तुत हुनेछन् भने केही विषयमा समूहगत छलफल हुनेछन् । विश्व काव्य गोष्ठी, पुस्तक र चित्र प्रदर्शनी, सांस्कृतिक कार्यक्रम,स्मारिका प्रकाशनलगायत कार्यक्रम आयोजना भई बेलायत घोषणापत्र पनि जारी गरिने बताइएको छ । अनेसासले यसअघि क्रमशः न्यूयोर्क, बेलायत, वासिङ्टन डिसी, जापान र अष्ट्रेलियामा गरी पाँच सम्मेलन सम्पन्न गरिसकेको छ । (रासस)