‘सिर्जनात्मक चित्रकला महोत्सव’ सम्पन्न

आर्टिष्ट खबर/फागुन,काठमाडौं

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभागको आयोजनामा भएको चारदिने ‘सिर्जनात्मक चित्रकला महोत्सव’ सम्पन्न भएको छ । विभिन्न कार्यक्रमका विजेता चित्रकारलाई पुरस्कृत गर्दै आइतबार महोत्सव सम्पन्न गरिएको कार्यक्रम संयोजक रमेशनाथ खनालले जानकारी दिए ।

महोत्सवअन्तर्गत प्रतियोगितात्मक चित्रकला कार्यशालामा सहभागी ६० चित्रकारमध्ये रोशन विक प्रथम, कृष्णगोपाल श्रेष्ठ दोस्रो र शशांक रञ्जित तेस्रो भए । यस्तै परफरमेन्स आर्टमा मुना भडेल प्रथम, प्रमिला लामा दोस्रो तथा त्रिष्टोफरमान सिंह तेस्रो हुन सफल भए ।

कार्टुनकलातर्फ मञ्जु शर्मा प्रथम, दिपेन लिम्बू दोस्रो र क्रिष्टोफरमान सिंह तेस्रो भएका छन् । हरेक विधाका विजेतालाई नगद क्रमशः रु १० हजार, रु सात हजार र रु पाँच हजारसहित प्रमाणपत्र वितरण गरिएको थियो। महोत्सवमा ‘प्रतियोगितात्मक चित्रकला कार्यशाला’ काठमाडौँको हनुमानढोकामा भएको थियो भने अन्य कार्यक्रम नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको हो । सो क्रममा कला फोटोग्राफीसम्बन्धी पुस्तक लेख्न प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकारलाई जिम्मा दिइएको आयोजकले जनाएको छ । (रासस)