प्रतिस्पर्धा कम मित्रता बढी

मुम्बई, एजेन्सी

बलिउडमा सुपरस्टार सलमान खान र किंग खान शाहरुख खानको चर्चा निकै चलिरहेको हुन्छ । कतिपयले त उनीहरुलाई एक–अर्काको प्रतिष्पर्धी बताउँछन् । तर, उनीहरु भने आफू एक–अर्काको मिल्ने साथी भएको बताउँछन् । उनीहरुको मित्रता पछिल्लो समय उनीहरुले गरेको क्रियाकलापले पनि दर्शाइरहेको छ । पछिल्लो समय सलमानले शाहरुखको चलचित्र ‘जिरो’मा केमियो भूमिका गरेका थिए । चलचित्रको एक गीतमा शाहरुखसँगै सलमानले पनि नृत्य प्रस्तुत गरेका थिए । उक्त गीतको भिडियोमा देखिएको साहरुख र सलमानको केमेष्ट्रि पनि गज्जब थियो ।

शाहरुख र सलमानले सच्चा साथी भएको प्रमाण अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको एक भिडियोले पनि बताइरहेको छ । उक्त भिडियोमा शाहरुख र सलमान अंकमाल गरेर उनीहरु अभिनित चलचित्र ‘करण अर्जुन’को एक दृष्य हेरिरहेका छन् । सलमानले शाहरुखलाई धेरै पटक सहयोग पनि गरेका छन् । शाहरुख र काजल अभिनित चलचित्र ‘दिलवाले’लाई सलमानले रिलिजको पहिलो दिन नै निकै राम्रो चलचित्र बनेको र यस चलचित्र ब्लकबस्टर व्यापार गर्ने बताएका थिए । आखिर चलचित्र निकै सफल पनि भयो । यस चलचित्रका लागि सलमानले धेरै प्रोत्साहन पनि दिएका थिए । त्यस्तै, साहरुखको अर्को चलचित्र ‘डीडीएलजी’को पहिलो दर्शक सलमान नै थिए । सलमानले प्रोडक्सन भइरहेको ठाँउमा पुगेर चलचित्र हेरेका थिए । सलमान–शाहरुखको आग्रहमा चलचित्र हेर्न त्यहाँ पुगेका थिए । यो पनि उनीहरुको दोस्तीको उदाहरण हो ।