संगीत रोयल्टी संकलन समाज नवनिर्वाचीत खड्कालाई प्रतिष्ठानको स्वागत

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

संगीत रोयल्टी संकलन समाज नेपालका नवनिर्वाचीत अध्यक्ष महेश खड्कालाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले स्वागत गरेको छ । बुधबार प्रतिष्ठानको केन्द्रिय कार्यालय सामाखुसीमा स्वागत तथा बधाई कार्यक्रमको आयोजना गरियो । प्रतिष्ठानका केन्द्रिय अध्यक्ष बद्री पंगेनी सहित अन्य पदाधिकारीले अध्यक्ष खड्का सहित संगीत रोयल्टी संकलन समाजका अन्य पदाधिकारीहरुले स्वागत गरे ।

अध्यक्ष खड्काले आफ्नो दुईबर्षे कार्यकालमा सम्पुर्ण नेपाली सर्जकले रोयल्टी पाउने बनाएरै खाड्ने बताए । उनले सरकारले नै यो बिषयमा चासो नदिएकाले आफूहरुलाई कठिनाई भएको बताएका छन् । उनले आफू अध्यक्ष हुनुभन्दा अघिनै सुरेश अधिकारीको नेतृत्वमा पनि सार्वजनिक ठाउँमा गीतसंगीत बजाए बापत साढे दुईकरोड उठाइसकेको जानकारी समेत दिए । ‘हामी तत्काल सरकारसँग यो कुरा पुनः राख्दैछौं, स्वयम प्रधानमन्त्री ज्यूले यो कुरालाई चासो दिनुभएको छैन, त्यसैले कठिनाई भएको हो, छिट्टै प्रधानमन्त्री समक्षा कुरा राख्नेछौं’ खड्काले भने । उनले प्रधानमन्त्रीले बोलेका कुरा कानुन हुने भएकाले प्रधानमन्त्रीलाई संगीत रोयल्टीको बिषयमा जानकारी गराउनु आवश्यक भएको बताए ।

प्रतिष्ठानका केन्द्रिय अध्यक्ष बद्री पंगेनीले लोक तथा दोहोरी गीतका कलाकारहरुले पनि रोयल्टी पाउनुपर्ने धारणा राखे । उनले आफ्नो हकहितका लागी कलाकारहरु सडकमा उत्रिनु परेपनि तयार भएको बताए ।