आजको भ्यालेन्टाइन योजना के छ ?

गोपीकृष्ण चापागाईं/ फागुन, काठमाडौं ।

आज प्रणय (भ्यालेन्टाइन) दिवस । आजको दिनलाई माया प्रेम गर्नेहरुले एकअर्कामा माया साटासाट गर्ने दिन भनेर बुझिन्छ । बिदेशमा मनाइने यो पर्व पछिल्लो केहि बर्ष यता नेपालमा पनि मनाउँदै आइएको छ ।

यसैबिच नेपाली सेलिब्रेटीहरुले पनि भ्यालेन्टाइन मनाउँदै आएका छन् । मिडियामा आफ्नो प्रेमी र प्रेमिका खुलेरै बताउने सेलिब्रेटीहरुले खुलेरै भ्यालेन्टाइन दिवस बनाएका तस्बिर सार्वजनिक गर्नेगर्छन् । तर प्रेमि–प्रेमिका खुलाउन नचाहाने कतिपय सेलिब्रेटीहरुले भ्यालेन्टाइन मनाउने बिषयमा खासै खुल्न नचाहेको पनि देखिन्छ । यसैबिच केहि सेलिब्रेटीहरु सँग हामीले आजको भ्यालेन्टाइन डे कसरी मनाउँदै हुनुहुन्छ भनेर सोधेका छौं ।

घुम्न जाँदिनः स्वस्तिमा खड्का

नायिका स्वस्तिमा खड्काले आजको भ्योलेन्टाइनमा कतैं बिशेष ठाउँमा घुम्न जाने अथवा बिशेष कार्यक्रम गर्ने योजना नभएको बताएकी छिन् । उनले आफ्नो आँउदै गरेको चलचित्र बुलबुलकै प्रमोशनमा ब्यस्त भएकाले भ्यालेन्टाइनमा कुनै नयाँ योजना नबनाएको बताइन् । ‘भोली शुक्रबारबाट बुलबुल रिलिज हुँदैछ, त्यसैले पहिलो प्राथमिकता भनेको कामलाई दिउँ, माया गर्ने जोडीहरुका लागी भ्यालेन्टाइन सधैं छ हैनर’ स्वस्तिमाले भनिन् ।

सिंगल छु कता जानुः नम्रता सापकोटा

नायिका नम्रता सापकोटाले अहिले प्रेम गर्ने मान्छे नभएकाले कुनै बिशेष योजना नभएको बताइन् । केहिसमय अघिसम्म प्रेमीका कारण चर्चामा रहेकी नम्रता पछिल्लो समय कसैसँग रिलेशनमा नभएको बताउँछिन् । ‘आजको दिन प्रेमी प्रेमीका भएर घुम्ने दिन हो, तर आफू त सिंगल छु, त्यसैले केहि प्लान छैन’ उनले भनिन् । यस्तै नम्रताले आज पोखरामा हुने एक कार्यक्रममा पुग्ने बताइन् । उनले दर्शकसँगै बसेर आफू अभिनित चलचित्र ‘समर लभ’ पोखराका दर्शकसँग बसेर हेर्ने योजना बनाएको बताइन् । उनी अहिले चलचित्रको दर्शक प्रतिक्रिया बुझ्नका लागी राजधानीका हलहरुमा पुगिरेहेकी छिन् ।

प्रेमीको खोजीमा छुः रेवती क्षेत्री

गएको शुक्रबारबाट प्रदर्शन भइरहेको चलचित्र ‘समर लभ’ की नायिका रेवती क्षेत्रीले भ्यालेन्टाइनलाई स्पेशल बनाउनका लागी प्रेमीको खोजीमा रहेको भन्दै रमाइलो भनाई दिइन् । ‘अहिले सिंगल छु, माया गर्नेको खोजीमा छु’ रेवतीले भनिन् । उनी पनि चलचित्रकै प्रमोशनमा हिडिरहेकी छिन् ।

एक अर्कामा प्रेम गर्छौः सिर्जु अधिकारी

नेपाली लोक तथा दोहोरी गीत क्षेत्री गायिका तथा मोडल सिर्जु अधिकारीले भ्यालेन्टाइनको दिनमा प्रेमी प्रेमिकामा केटा र केटीको माया मात्र नभएर केटीकेटीमो माया पनि साट्न सकिने बताइन् । उनले माया गर्ने जोकोहिले एक अर्कामा सेलिब्रेट गर्न सक्ने धारणा राख्छिन् । ‘आजको दिन माया गर्नेहरुको दिन हो, त्यसैले केटा र केटी होस् या केटी केटी होस् अथवा केटा केटा नै होस्, एक अर्कामा माया गर्छन् भने साटासाट गर्न सकिन्छ ।’ सिर्जुले आफ्नो धारणा राखिन् । उनले तपाईको प्रेमी हुनुहुन्छ कि नाई भन्ने प्रश्नमा छेउमै रहेकी काठ क्षेत्रकी लोकप्रिय गायिका पार्वती कार्कीलाई देखाउँदै आफूहरु प्रेममा रहेको भन्दै हाँसिन् । ‘केटीकेटी चाँही प्रेम गर्न हुँदैन र हामी बर्षौदेखी प्रेममा छौं, भ्यालेन्टाइन केटा केटा अथवा केटीकेटीका लागी पनि त होनि हैनर’ सिर्जुले भनिन् । ‘दर्शक झुक्किु होला हामी समलिंगी चाँही होइनौं, एकअर्कामा साथीसाथीको प्रेममा छौं’, सिर्जुले हाँस्दै थपिन् ।