‘मारुनी’ शुभमुर्हुत: साम्राज्ञी र रेविकाको बिचमा पुष्पल

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

नयाँ चलचित्र मारुनीको निर्माण घोषणा गरिएको छ ।  फागुनको दोस्रो साताबाट छायांकन सुरु हुने शुक्रवार बिहान कमलादी स्थित गणेस्थान मन्दिरमा शुभमुर्हुत गरिएको यो चलचित्र नवल नेपालले निर्देशन गर्नेछन् । चलचित्रमा मुख्य भूमिकामा तीन कलाकारलाई देख्न पाइनेछ । नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह, नायक पुष्पल खड्कासँगै नवनायिका रेविका गुरुङको पनि प्रमुख भूमिका रहने बताइएको छ ।

दुई सुन्दरी युवतीको कथा रहने बताइएको यो चलचित्रमा अर्जुन पोखरेल र कृष्ण काफ्लेको संगीत रहनेछ । त्रिकोणात्मक प्रेमकथामा निर्माण हुने चलचित्र सञ्जय लामाले खिच्नेछन् । काठमाडौं र बाँके लगायतका स्थानमा फिल्म खिचिनेछ । चलचित्रमा गोविन्द फुँयालको कथा छ ।

सुनिशा क्षेत्री, अरुण राज, आयुष प्रधान, शंखर सेढाइलगायतका कलाकारहरुको पनि चलचित्रमा अभिनय रहनेछ । कुशाग्र भट्टराई, सायरा आचार्य, आभाष सिंह, स्वर्णिम पौडेल र सौर्य अधिकारी बाल कलाकारमा रहेका छन् । पुनम गौतमको निर्माण रहने चलचित्रमा अजय पोखरेल र राजा प्रधान निर्मातामा छन् ।