‘क्याप्टेन’को कर्लि कर्लि कपालः निरुतालाई आफ्नो बनाउन खोज्दै भुवन र अनमोल

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

नायक अनमोल केसी र भूवन केसी एउटै नायिकाको पछि लागेको दृश्य निकै गज्जब देखिन्छ । भिडियोमा अनमोल र भुवनले नायिका निरुता सिंहलाई आफ्नो बनाउन खोजिरहेका छन् । कुनै समय निरुता र भूवनको जोडी दर्शकले निकै रुचाएका थिए । अब अनमोलसँग पनि फिट हुने तरखरमा निरुता देखिन्छिन् ।

माथि उल्लेखीत कुराहरु चलचित्र क्याप्टेनमा समावेश ‘कर्लि कर्लि कपाल’ बोलको गीतको भिडियोको हो । राजधानीमा शुक्रबार एक कार्यक्रमका बिच सार्वजनिक गरिएको गीतको भिडियोमा अनमोल, भूवन र निरुताको नृत्य गरेका छन् । बुबा छोरा एकै भिडियो र त्यसमाथि पनि नायिका निरुतासँग नृत्य गरेको यो पहिलो पटक हो । गीतमा मेलिना राई र एस डि. योगीको स्वर रहेको छ । गीतमा हर्क साउद र मनिष दाहालको शब्द छ भने एसडी योगी र सुशान्त गौतमले संगीत दिएका छन् ।

कार्यक्रममा फुटबलको बिषयमा बनेको चलचित्र भन्दै अतिथिको रुपमा निमन्त्रणा स्विकारेर आएका एन्फाका पदाधिकारीहरुले क्याप्टेनको सफलताको शुभकामना दिए । नेपाल राष्ट्रिय फुटबल टिमका क्याप्टेन बिराज महर्जनले नेपाली चलचित्रले फुटबलको बिषय समातेको भन्दै निर्माण टिमलाई धन्यवाद दिए । साथै उनले अनमोल र आफू एउटै स्कुलमा पढेको भन्दै मित्रता पहिलादेखी नै रहेको बताए । यस्तै उनले चलचित्रमा फुटबल राख्नु आफूहरुका लागी फाइदा पनि पुग्ने बताए ।

लेखक तथा निर्देशक दीवाकर भट्टराई रहेको चलचित्रमा प्रियंका एमभी र उपासना सिंह ठकुरी अनमोलको अपोजिटमा छन् । सामिप्यराज तिमल्सिनाको पटकथा रहेको यस चलचित्रमा सुनिल थापा, प्रशान्त ताम्राकार, सरोज खनाल, विल्सन विक्रम राई, राजाराम पौडेललगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

video: