‘दि ब्रेकअप’को आक्रामक प्रचार प्रसार

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

यहि फागुन १७ बाट प्रदर्शनको तयारीमा रहेको चलचित्र 'दि ब्रेकअप'ले यति बेला आक्रामक प्रचार प्रसार गरिरहेको छ । प्रर्दशन मिति नजिकिदै गर्दा 'ब्रेकअप' टिमले 'प्रेम दिवस'को मौका छोपेर राजधानीका विभिन्न ठाउँमा पुग्दै दर्शक तथा शुभचिन्तकहरु सँग माया साटासाट गरेको छ ।

राजधानीको केन्द्र मानिने सुन्धारा स्थित सिभिल महलमा भ्यालेन्टाइन विशेष कार्यक्रमको आयोजना गर्दै निर्माण टिमले चलचित्रको प्रचार गरे । जहाँ चलचित्रको लिड रोल सम्हालेका अभिनेता आशिरमान देशराज जोशी रातो ज्याकेटमा निकै आक्रषक देखिएका छन् ।

उनले त्यहँ उपस्थित फ्यानहरुमाझ पुगेर सेल्फी लिए जहाँ उनका फ्यानहरु उनलाई पर्खेर बसिरहेका थिए । आशिरमान सँगै कार्यक्रममा अभिनेत्री द्वय शिल्पा मास्के, इच्छा कार्की र अभिनेता रेमनदास पनि उपस्थित थिए । निर्देशक हेमराज बिसी सहितको टिमले सिभिल मलमा आयोजित प्रेममय उल्लासमा चलचित्रको बारेमा जानकारी गराउँदै साथ र मायाको अपेक्षा राख्यो । उपस्थित दर्शकले 'जय ब्रेकअप' भन्दै हुटिङ गरिरहेका थिए । हुटिङ सहित दर्शकले चलचित्रका लागि सफलताको शुभकामना व्यक्त गरे ।

प्रेमकथामा आधारीत यस चलचित्रको  छायाँकन नेपाल र अष्ट्रेलियामा गरिएको छ । चलचित्रमा आशिरमान देशराज जोशी, शिल्पा मास्के, रेमनदास श्रेष्ठ, इच्छा कार्की, सरोज खनाल लगायतका कलाकारहरुको अभिनय छ । चलचित्र रुपक थापा, दीपक खतिवडा, रेनु राना र निर्देशक बिसीले संयुक्त रुपमा निर्माण गरेका हुन् । चलचित्रको सम्पादनसुरेन्द्र पौडेलले गरेका छन् ।