अर्जुन रामपालले ऋण लिएको एक करोड तिर्न सकेनन्

...

<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">मुम्बई , एजेन्सी ।</span></pre><p style="text-align: justify; ">बलिउड अभिनेता अर्जुन रामपाले इन्टरटेन्टमेन्ट कम्पनीसँग ऋण लिएको रकम हिनामिना गरेको आरोप लागेको छ । उनले इन्टरटेन्टमेन्ट कम्पनीसँग ऋण लिएको एक करोड भारतीय रुपैयाँ नतिरेको खबर बाहिरिएको छ। गत मंगलबार उनीविरुद्ध हाईकोर्टमा एक करोड ५० लाख भारतीय रुपियाँ नतिरेको कमर्शियल मुद्धा दायर भएको छ । सुत्रको अनुसार सन् २०१८ मा वाईटी कम्पनीसँग व्याजमा एक करोड भारतीय रुपैयाँ लिएका थिए । उनले ९० दिन भित्रमा १२ प्रतिशत ब्याजसहित ऋण चुक्ता गर्ने शर्तमा पैसा लिएको भएपनि पैसा फिर्ता नगरेपछि उनी विरुद्ध उजूरी परेको छ । रामपालले भने आफूले लिएको ऋण चुक्ता गरिसकेको बताएका छन् । यसको बाबजुद पनि कम्पनीले उनी विरुद्ध मुद्दा दायर गरेको छ। यद्यपि रामपालले अदालतमा पैसा तिरेको सावित गरेरै छाड्ने बताए ।</p><p style="text-align: justify; ">वाईटी इन्टरटेन्टमेन्टले अभिनेता रामपालले केही समय पछिको चेक दिएका भएपनि उनले दिएको चेक सन् २०१८ अगस्ट २३ मा बाउन्स भएको आरोप लगाएको छ । मिडिया रिपोर्टको अनुसार सन् २०१८ अक्टोबर ८ मा रामपाललाई निगोशिएबल इन्स्ट्रुमेन्ट एक्ट १८१८ को धारा १३८ अनुसार कानुनी सूचना पठाइएको थियो । सूचनामा १४ दिनभित्र पैसा ब्याजसहित फिर्ता गर्न भनिए पनि उनले पैसा फिर्ता गर्न सकेका थिएनन् । त्यसपछि उक्त कम्पनीले रामपालको विरुद्ध अक्टोबर २९ मा अन्धेरी मेट्रोपोलिटन अदालतमा उजूरी दर्ता गराएको थियो । रामपालले उक्त उजूरीपछि नोबेम्बर २२ मा ७।५ लाख भारतीय रुपैयाँ बुझाएका थिए । तर पूरा ऋण बुझाउन सकेनन्।<br></p>