गीत हिट भएर मात्र फिल्म चल्दैन

गोपिकृष्ण चापागाईं/ फागुन, काठमाडौं ।

दशक अघिका चलचित्रमा समावेश गीतहरुको बोल आहिले पनि धेरैलाई याद हुन्छ । ठाउँठाउँमा बजिरहेका हुन्छन् । मिडियाहरुमा स्थान पाइरहेका हुन्छन्  । तर आजभोलीका सिजनअनुसार बन्ने गीतहरु दर्शक तथा श्रोताले लामो समयसम्म दिमागमा राख्ने प्रकारका बन्न सकेका छैनन् ।

पछिल्लो समय नेपाली चलचित्रका निर्माताहरुले चलचित्र हिट बनाउनका लागी पहिले गीत हिट बनाउन कम्मर कस्न थालेका छन् । दर्शकले चलचित्रबारे जानकारी गराउन गीत नै उत्तम माध्यम हुने भन्दै चलचित्रमा समावेश हुने गीतहरुकालागी निकै खर्चिने गरेको पनि पाइन्छ । पाँचलाख भित्रै निर्माण हुने एक गीतलाई छायांकन लोकेशन र कलाकारलाई ध्यान दिँदै पछिल्लो समय बिस लाखसम्म पनि खर्चिन थालिएको छ । झट्ट सुन्दा श्रोताको मुखमै झुण्डिने गीत बनाइदिन् प¥यो भन्दै चलचित्रका निर्माताहरु गीतकार, संगीतकारका ढोकासम्म धाउने गर्छन् ।

पछिल्लो केहिसमय यता केहि चलचित्रमा समावेश भएका गीत निकै हिट भए र चलचित्रपनि सफल भए । तीनै उदाहरणले गर्दा पछिल्लो समय एकपछि अर्को चलचित्रमा गीतहरुमा ध्यान दिइन थालिएको छ । तर दर्शक तथा श्रोतालाई कस्ता प्रकारका गीत मन पर्छ भन्ने बिषयमा स्वयम् गीतकार तथा संगीतकारहरुले आफूहरुलाई थाहा नभएको बताउँदै आएका छन् । ‘कहिलेकाँही निकै ठुलो आशा गरेर गीत बनाएका हुन्छौं तर दर्शक श्रोता माझ त्यो राम्रो मानिदैन’, केहि समय अघि एक संगीतकारले चलचित्रको कार्यक्रममा भनेको कुरा हो ।

‘‘चलचित्रको कथा, कलाकार, मेकिङ जस्ता कुरालाई पनि गीत जत्तिकै ध्यान दिनुपर्छ । सुरुमा गतिलो प्रमोशन र गतिलो गीत बनाइएका चलचित्र पछि फितलो भइदिँदा ‘माउथ पब्लिसिटी’को नराम्रो असरले चलचित्रलाई घाटा पु¥याउँछ ।’’

बिशेष गरी चलचित्रमा एकवटा लोकलयको गीत हुनैपर्छ भनेजस्तो देखिन थालेको छ । लोकलयका गीत नेपाली दर्शकको मस्तिष्कमा छिटो बस्ने भएकाले पनि चलचित्रका निर्माता तथा निर्देशकहरुले लोकलयका गीतमा जोड दिन थाले । तर लोकलयका गीत हिट भएपनि चलचित्र फ्ल्प भएका उदाहरण पनि धेरै छन् । पछिल्लो केहि महिना अघिमात्रै प्रदर्शनमा आएका चलचित्र ‘सुश्री सम्पत्ती, कोहलपुर एक्सप्रेस, भैरे, मेला’मा समावेश भएका लोकलयका गीतहरु युट्युवमा निकै हिट भए । तर चलचित्रले लगानी समेत उठाउन सकेनन् ।

‘सुश्री सम्पत्ती’मा समावेश ‘हुकुम बक्सियोस्’ गीत हिट भयो । सुरेश अधिकारीको शब्द तथा संगीत रहेको उक्त गीतमा मेलिना राई र विशाल राईको स्वर सुन्न सकिन्छ । निकै रुचाइएको यस गीतको भिडियोलाई ५० लाख भन्दा बढी पटक युटुबमा हेरिएको छ । तर शुक्रबार प्रदर्शन भएको चलचित्र आइतबार नै हलबाट बाहिरिने अवस्थामा आयो । निर्देशक सुब्रतराज आचार्यले चलचित्रको गीत हिट हुँदा चलचित्र हेर्न दर्शक हलसम्म आउलान् भन्ने ठुलो आशा बोकेका थिए तर गीत हिट हुँदैमा चलचित्र हिट हुँदैन भन्नेमा उनीपनि प्रष्ट भए ।

यस्तै नायिका केकी अधिकारीले ‘कोहलपुर एक्सप्रेस’ चलचित्र बनाएर पहिलोपटक चलचित्र निर्माणमा हात हालिन् । ‘सीओडब्लु काउ’ बोलको गीत पनि निकै हिट भयो । युट्युवमा करोड भन्दा बढीपटक हेरियो । राजनराज सिवाकोटीले संगीत दिएको ‘सीओडब्लु काउ’ हिट हुँदा केकीले केक समेत काटेकी थिइन् । चलचित्र सफल हुने ठुलो आशा लिएकी थिइन् । तर चलचित्र हेर्ने दर्शकको संख्या हेर्न होसै उड्यो ।

मिलन चाम्सले निर्माण तथा निर्देशन गरेको चलचित्र ‘ह्याप्पी डेज’मा समावेश भएको ‘चेप्टे चेप्टे पेरुङ्गो’ बोलको गीत निकै लोकप्रिय बन्यो । तर यो गीत कुन चलचित्रमा समावेश छ भन्ने धेरै दर्शकलाई थाहा पनि भएन ।  अर्को चलचित्र ‘भैरे’मा यम बरालको संगीतमा रहेको ‘सनम माया लाको’ बोलको गीतले पनि राम्रो चर्चा पायो । युट्युवमा पचास लाख भन्दा बढी दर्शकले चलचित्र प्रदर्शन हुनुभन्दा अघिनै हेरियो । तर जब चलचित्र प्रदर्शनमा आयो दर्शकको खडेरी नै लाग्यो । अधिकांश दर्शक तथा समिक्षकले चलचित्रको कथालाई लिएर चलचित्रको कमजोरी बताइदिए । त्यस्तै एक्शन अभिनेता निखिल उप्रेतीको मुख्य भूमिका रहेको चलचित्र ‘पिंजडा व्याक अगेन’मा समावेश ‘कु कु कु’ बोलको गीतले पनि  राम्रै चर्चा पाएको थियो तर चलचित्रले हावा खायो ।

अर्जुन पोखरेलको संगीतमा बनेको ‘परिचय पाउ’ बोलको गीतले युट्युवमा करोड भ्युज पायो तर अधिकांश दर्शकले यो गीत कुन चलचित्रको रहेछ भन्ने थाहा पाएनन् । कतिले नै यो पनि फिल्मकै गीत पो रहेछ भन्दै कमेन्ट पनि गरे । ‘मेला’मा समावेश यो गीतमात्र हिट भयो तर चलचित्र फ्ल्पकै लिस्टमा पुग्यो ।

अहिले नेपाली चलचित्रको गीतहरुमा संगीत भर्न अत्यधिक ब्यस्त हुनेमा राजनराज सिवोकाटी, अर्जुन पोखरेल र बसन्त सापकोटा पर्छन् । उनीहरुले पनि चलचित्रमा हिट हुने गीत बनाइदिनु प¥यो भन्दै आउने निर्माताहरु प्रसस्तै भएको बताउँछन् । बिशेषगरी लोकलयको गीत बनाइदिनका लागी निकै अफर आउने गरेको संगीतकारहरुको भनाई छ । आफूहरुले राम्रो ‘लभसङ’ बनाएर राख्दा पनि लोकलयका गीतकै लागी प्रेसर आउने गरेको पनि बताउँदै आएका छन् ।

चलचित्रका गीत हिट हुँदा चलचित्र हिट नभएका भने होइनन् । तर गीतले मात्र हिट भएको भनेर बुझ्न मिल्दैन । चलचित्रको कथा, कलाकार, मेकिङ जस्ता कुरालाई पनि गीत जत्तिकै ध्यान दिनुपर्छ । सुरुमा गतिलो प्रमोशन र गतिलो गीत बनाइएका चलचित्र फितलो भइदिँदा ‘माउथ पब्लिसिटी’को नराम्रो असरले चलचित्रलाई घाटा पु¥याउँछ ।

चलचित्र ‘छक्का पञ्जा’का सिरिजहरुमा सबै गीत हिट छन् । उक्त चलचित्र पनि हिट छ तर चलचित्रमा कलाकार चयन, बिषयवस्तु र मेकिङलाई पनि उत्तिकै ध्यान दिइएको छ । यस्तै रमेश उप्रेतीले निर्माण गरेको ‘एश्वर्य’मा समावेश ‘तिमी रोएको पल तिमीलाई’बोलको गीत निकै लोकप्रिय बन्यो र पछि चलचित्रपनि सफल भयो । चलचित्रको मेकिङ निकै उत्कृष्ट भन्दै समिक्षक तथा दर्शकबाटै प्रतिक्रिया आएको थियो ।

अहिले प्रदर्शन भइरहेको चलचित्र ‘सय कडा दश’मा समावेश ‘दाईलाई कुरा लाईदिनी’बोलको गीतले पनि निकै चर्चा पाएको गीत हो । अहिले चलचित्रले मध्यम हिसाबले ब्यापार गरिरहेको छ । यस्तै आउनेक्रममा रहेका चलचित्रका गीतहरु पनि अहिले चर्चामा छन् । ‘भिजिट भिषामा’बोलको गीत चलचित्र ‘दालभात तरकारी’मा समावेश गीत हो । यो गीत युट्युवमा सार्वजनिक भएको एक महिना नपुग्दै ५४ लाख बढीले हेरिसकेका छन् । बैशाख १३ गतेबाट प्रदर्शनमा आउने ‘दालभात तरकारी’ कत्तिको सफल रहला त्यो भने कुर्नैपर्ने हुन्छ ।

(समाचार आजको हिमालय टाइम्स राष्ट्रिय दैनिकमा पनि प्रकाशित छ)