दुबैहात नभएकी मेघालाई डान्सर बिनुले गरिन् ५० हजार सहयोग

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

करेन्ट लागेर दुबै हात गुमाएकी बिराटनगरकी मेघा घिमिरेलाई नृत्याङ्गना तथा मोडल बिनु शाक्यले पचास हजार नगद सहयोग गरेकी छिन् । पछिल्लो केहि समय यता सामाजिक सञ्जाल तथा मिडियाहरुमा उनले दिएको अन्तर्वार्ताले मन छोएको र उनको बारेमा थाहा पाएकोले उनलाई सहयोग गर्ने इच्छा जागेको बिनुले बताइन् ।

बिनुले अमेरिकामा रहदै आएका नेपाली समाजसेवी ललित प्रधानसँगको सहकार्यमा पचास हजार सहयोग गरेको जानकारी दिइन् । ‘ललित जीले पनि मेघालाई सहयोग गर्न चाहान्छु भन्नु भयो र उहाँले पठाएको रकममा केहि थप गरेर सानो सहयोग गरेकी हुँ’ बिनुले हिमालय टाइम्ससँग कुरागर्दै भनिन् । ‘दुबै हात नहुँदा महिलाहरुमा हुने महिनावारीको समस्याको बेलामा कति गाह्रो होला भन्ने मेरो दिमागमा प¥यो, त्यस्तै सौचालय जान, खाना खाना निकै गाह्रो छ, एकदमै मन छोयो’ बिनुले थपिन् । यस्तै मेघाले पनि एक साधारण कलाकार भएर पनि ठुलो मन लिएर सहयोग गरिदिएको भन्दै धन्यवाद दिइन् । ‘कलाकारहरुको दयालु मन हुन्छ भन्ने सुनेकी थिएँ, बिनु दिदि आज मलाई सहयोग गर्न आउनुभयो निकै खुसी छु’ मेघाले भनिन् । उनले अहिलेसम्म अन्य कलाकारहरु खासै सहयोगका लागी नआएको पनि बताइन् ।

मेघाका अनुसार अहिलेसम्म ९ लाख रुपैंया मात्र सहयोग रकम उठेको बताइन् । डाक्टरका अनुसार उनको दुबै हात हाल्नका लागी ६० लाखको आवश्यक पर्छ । ‘आशा लिएकी छु सहयोगी मनहरुले सहयोग गर्नुहुनेछ’ मेघाले भनिन् ।

video: