एक्लै बस्न थालिन् सारा अलि खान

मुम्बई , एजेन्सी ।

बलिउडमा अभिनेत्री सारा अली खानले आफ्नो कन्फिडेन्स र क्षमताका कारण निकै चर्चा बटुलिरहेकी छिन् । उनको अभिनयले चौतर्फी चर्चा बटुल्न थालेपछि अहिले भारतीय मिडियाहरुले उनलाई निकै फलो गर्न थालेको छ । उनको हरेक नयाँ क्रियाकलाप मिडियामार्फत सार्वजनिक हुन थालेका छन् । चलचित्र 'केदारनाथ' मार्फत बलिउडमा पाइला राखेकी साराले पहिलो चलचित्रबाट नै सफलाको शिखर चुमिन । चलचित्र सँगैसगै उनको अभिनयले दर्शकको मन जितेपछि उनले तत्कालै दोस्रो चलचित्र 'सिम्बा'मा काम गर्ने मौका पाइन् । उनको दोस्रो चलचित्र 'सिम्बा'ले पनि बक्सअपिसमा राम्रो व्यापार गर्न सफल भएपछि उनको चौतर्फी चर्चा भएको हो ।

उनी बलिउडमा नयाँ भएपनि उनको अभिनयले दर्शकलाई अनुभवी कलाकारको अनुभूती गराएको छ । एक क्षमतावान अभिनेत्रीको रुपमा चिनिने गरेकी साराले हाल एक्लै बस्ने निर्णय गरेकी छिन् । अहिलेसम्म आमा अमृता सिंहसँग बस्दै आएकी उनले आफ्नो लागि छुट्टै फ्ल्याट लिइसकेकी छिन् । भारतीय मिडियाले सारा गाडीमा सामानहरु राख्दै गरेको तस्विरहरु सार्वजनिक गरेको छ । तस्विरमा उनले आफ्नो समान गाडीको डिकीमा राखेर आफ्नो छुट्टै घरमा जान लागेको देख्न सकिन्छ। बलिउडमा प्रवेश गर्ने बितित्कै सारा अली खानले मात्रै नभएर अभिनेत्री आलिया भट्ट, अभिनेता वरुण धवन, रणबिर कपूरले पनि आफ्नो परिवारसँग छुट्टिएर एक्लै बसेका छन् । किनकी उनीहरु आत्मानिर्भर भएर बाँच्न चाहान्छन् ।

सारा अली खानले आफैले पनि सामाजिक सञ्जालमा क्याप्सन लैख्दै एक तस्विर सार्वजनिक गरकी छिन्, क्याप्सनमा उनले ‘एक नयाँ सुरुवात’लेखेकी छिन् ।