तामिल अभिनेत्री याशिकाले गरिन् आत्महत्या, सुसाइड नोटमा यस्तो लेखिन्

...

<pre>एजेन्सी</pre><p>तमिल अभिनेत्री मैरी शीला जेबरानी (याशिका) ले एक सुसाइड नोट लेखेर आत्महत्या गरेकी छिन् । उनले आफ्नै निवास चेन्नईको पेरावल्लुरमा झुण्डिएर आत्महत्या गरेकी हुन् । सुसाइड नोट उनले ह्वाट्सएप मेसेजमार्फत आफ्नी आमालाई पठाउँदै उनले आफ्ना प्रेमी मोहन बाबुलाई दाषी औल्याएकी छिन् । याशिकाले आफूलाई प्रेमीले निकै पिडा दिएको आरोप लगाएकी छिन् । घटनाको सूचना पाएपछि हाल त्यहाँका स्थानिय पुलिस मोहनको खोजीमा जुटेको छ ।</p><p>भारतीय समाचारका अनुसार यसअघि याशिका वाडापजानाको एक होस्टेलमा बस्थिन् । एक समयमा उनको मोबाइल फोन सर्भिस सेन्टरमा काम गर्ने मोहन बाबूसँग उनको चिनजान भयो । केही समयसम्म उनीहरु साथीको सम्बन्धमै सिमित रहे । उनीहरुको सम्बन्ध छिट्टै प्रेममा परिणत हुन पुग्यो । त्यसपछि उनीहरु पेरावल्लुरस्थित जिकेएम कोलोनीमा भाडामा कोठा लिएर एकसाथ बस्नथाले । समाचारका अनुसार उनीहरुबीच सानोतिनो झै झगडा भइरन्थो तर एक पटक झगडाले ठुलै मोड लियो । याशिकासँग झगडा भए लगत्तै मोहन आफ्नो घर फिर्ता भए ।</p><p>समाचारका अनुसार मोहन घर गएपछि एक्लो हुँदा याशिका तनावमा परिन् र आत्महत्या गरिन् । आत्महत्या गर्नुअघि उनले आमालाई पठाएको सुसाइड नोटमा लेखेकी थिइन्&nbsp; ‘मसँग विवाह नगरेको र मलाई प्रताडित गरेका कारण मेरो मृत्युपछि तपाईं त्यसलाई कडा सजाय दिलाउनुहोस् ।’ छोरीको मृत्युपछि उनकी आमाले यसबिषयमा मुद्दा दर्ता गराएकी छिन् । सूचना पाएपछि पुलिसले मुद्दा दर्ता गरेको छ र मोहनको खोजीमा जुटेको खबर बाहिरीएको छ। सन् २०१८ मा प्रर्दशनमा आएको चलचित्र मन्नायर वागयारमा एउटा सानो भूमिकाका कारण चर्चा पाएकी याशिका ले अन्य चलचित्रमा पनि फाट्टफुट्ट काम गरेकी छिन्</p>