अनुपको ‘पुरानो बुलेट’ ट्रेलर सार्वजनिक (भिडियो)

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

चलचित्र ‘पुरानो बुलेट’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण टिमले ट्रेलर सार्वजनिक गरेको हो । एक्सन, रोदन ,प्रेम, कमेडी रोमान्स समेटिएको ३ मिनेट ५ सेकेण्डको ट्रेलरमा अनुप विक्रम शाहीको बाइक स्टन प्रस्तुत गरिएको छ ।चलचित्रमा लिडरोलमा रहेका अभिनेता अनुपविक्रम शाहीले दुई अभिनेत्री वर्षा सिवाकोटी र माला लिम्बुसँग रोमान्स गरेका छन् ।

निर्देशक भिषण राईले निर्देशन गरेको यस चलचित्रमा अनुप, बर्षा र मालाको अलवा कृष्णभक्त महर्जन, शिरोमणी दवाडी, कविता आले, दिवज राई, शिव मुखियालगायतको पनि अभिनय रहेको छ । चलचित्रको कथा तथा पटकथा लेखनमा निर्देशक भीषणलाई सन्तोष राईले सघाएका छन् । सन्तोष राई कार्यकारी निर्माता रहेको यस चलचित्रमा दिपेन्द्र लिम्बु, अशोककुमार राई, टिकाराम राई र विरेन साम्बा निर्माताको रुपमा छन् । प्रविण सिंह र प्रशान्त तामाङको कोरियोग्राफी रहेको चलचित्रमा हरि घले लामाको छायांकन रहेको छ भने अर्जुन जिसीको सम्पादन रहेको छ । चलचित्रको प्रर्दशन मिति चैत १ गतेलाई तोकिएको छ ।

trailer