‘लुट्न सके लुट कान्छा’ लाई दण्डित होइन पुरस्कृत गरियोस्’ :डा. बाबुराम भट्टराई

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

चर्चित लोकदोहोरी गायक पशुपति शर्माले शुक्रबार युट्यूबमाफर्त सार्वजनिक गरेको नयाँ गीत ‘लुट्न सके लुट कान्छा’ युट्यूबबाट हटाईसकेका छन् । अहिले यो गीतको विषयले देशभर चर्चा पाइरहेको छ । व्यङ्ग्यात्मक शैलीमा नेपालमा बढिरहेको भ्रष्टाचार बेथितिका बारेमा लेखिएको ‘लुट्न सके लुट कान्छा लुट्न सके लुट, अरु देशमा पाइँदैन नेपालमै हो छुट’ गीतले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा खैलाबैला मच्चिएपछि उनले युट्यूबबाट उक्त गीत हटाएका हुन्।

‘लुट्न सके लुट कान्छा’ गीत लाई पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले पुरस्कृत गर्न माग गरेका छन् । आइतबार उनले उक्त गीतको विषयमा ट्वीटरमा प्रतिक्रिया जनाउँदै गीतलाई पुरस्कृत गर्न माग गरेका हुन् । उनले ट्वीट गर्दै लेखेका छन्, ‘पाँचथरबाट बाग्लुङसम्म आइपुग्दा जनतामात्र हैन, सत्ताधारी दलका कार्यकर्तासम्मले यस्तै भ्रष्टाचारविरोधी गीत गाइरहेको पाइयो । उक्त गीतलाई धम्क्याएर अघोषित प्रतिबन्ध लगाइएको हो भने त्यो अत्यन्त गम्भीर विषय हो ।  गीतलाई ‘दण्डित होइन, पुरस्कृत गरियोस्’,सरकारलाई ‘सुतुरमुर्गे’ हरकत नगरोस् ।'